साझा अक्षर

कांग्रेस सभापति थापा र झापा गोल्डकपको टोलीबीच भेटघाट

बिर्तामोड, माघ ३ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा  झापा गोल्डकपको प्रतिनिधि मण्डलबीच भेटघाट भएको छ । आसन्न सातौँ झापा गोल्डकपका सन्दर्भमा भेटघाट भएको हो ।
गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेल नेतृत्वको टोलीले आज बिहान सभापति थापासँग भेटघाट गरेको हो । झापा गोल्डकपलाई विभिन्न पक्षमा सहयोग गर्न सभापति थापाले प्रतिबद्धता जनाएको पौडेलले बताए ।
प्रतियोगिता सफल बनाउन तथा प्रतियोगिताको तयारीका बारेमा कुराकानी भएको छ । गोल्डकप अध्यक्ष केदार गिरीको टिमले यसअघि पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरेको थियो ।
झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा यही माघ २४ गतेदेखि फागन ४ गतेसम्म हुन गइरहेको झापा गोल्ड कपको स्वर्गीय ‘विनोद बस्नेत स्मृति’ सातौँ संस्करण फुटबल प्रतियोगिताका सन्दर्भमा कुराकानी गर्न सभापति थापासँग भेटघाट गरिएको हो ।
झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष पौडेल, कार्यसमिति सदस्य मदन खड्का, राजु घिमिरे, सञ्जीव घिमिरे लगायतको टोलीले थापासँग काठमाडौँमा भेटघाट गरेको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...
जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...
चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

  झापा ।।  प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ। उद्घाटन खेलमा दार्जिलिङ एफसीले उत्कृष्ट प्रदर्शनका साथ...