साझा अक्षर

झापा-५ : बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै

 

झापा माघ ६ ।। आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। देशैभर एकैसाथ हुन लागेको मनोनयन दर्ताका लागि निकै नै चर्चामा रहेको  झापा ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले उम्मेदवारी दर्ता गराउँदैछन्
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै

यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउँदै छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार काठमाडौँ महानगरपालिकाका निर्वतमान मेयरसमेत रहेका शाहले अहिले बिहान ११ बजे उम्मेदवारी दर्ता गर्ने तालिका छन्।

दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोर नजिकैबाट बाजागाजासहितको टोलीका साथ उनी उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालय पुग्ने कार्यक्रम छ।

यस्तै त्यही क्षेत्रबाट चुनाव लडिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै छन्।

अध्यक्ष ओलीले निर्वाचन क्षेत्र नम्बर ५ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको नेकपा एमालेका पार्टी क्षेत्रीय समन्वय कमिटी झापा ५ का संयोजक नारायणप्रसाद गौतमले  जानकारी दिए।

यसैबिच पूर्वप्रधानमन्त्री ओलीले उम्मेदवारी दर्ताअघि आज बिहानै सामाजिक सञ्जालमार्फत आज विशेष दिन भएको बताएका छन्।

उनले लेखेका छन्, ‘शुभ बिहानी! हाम्रो लागि आज एक विशेष दिन हो। हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै, सुन्दर भविष्य निर्माण गर्ने सपनाको रोपाइँ आजबाट सुरु हुँदै छ। हामीलाई पूरा विश्वास छ- हामी नेपालीले जित्ने छौँ, नेपालले जित्ने छ। जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउने छौँ। आउनुहोस्, यस यात्रामा हामी सबै मिलेर अगाडि बढौँ। हामी नेपाली सबैको जय होस्!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...
जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...
चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

  झापा ।।  प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ। उद्घाटन खेलमा दार्जिलिङ एफसीले उत्कृष्ट प्रदर्शनका साथ...