Skip to main content

साझा अक्षर

शिक्षामा सुधार विना समृद्धि असम्भव : पूर्वमुख्यमन्त्री थापा

झापा। नेपाली कांग्रेसका कोशी प्रदेश सभापति तथा पूर्वमुख्यमन्त्री उद्धव थापाले शिक्षा क्षेत्रको आमूल सुधार नगरी देश विकासको कल्पना सम्भव नहुने बताएका छन् ।

राजनीतिक प्रणाली पञ्चायतदेखि प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुगे पनि शिक्षा नीति भने दशकौँ अघिकै ढाँचामा अड्किएको भन्दै त्यसकै परिणामस्वरूप मुलुकले अपेक्षित प्रगति हासिल गर्न नसकेको उनको भनाइ छ ।

बिर्तामोड–१० स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयमा आयोजित विद्यार्थीलाई न्यानो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०२८ सालको शिक्षा नीतिलाई आधार मानेर आज पनि शिक्षा प्रणाली सञ्चालन भइरहेको उल्लेख गरे ।

‘मुलुकमा पञ्चायत गयो, प्रजातन्त्र आयो, गणतन्त्र आयो, तर शिक्षा क्षेत्रमा सार्थक परिवर्तन आउन सकेन,’ उनले भने, ‘यसैले हाम्रो शिक्षा क्षेत्रको अवस्था कस्तो छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।’

थापाले शिक्षा विना चौतर्फी विकास र समृद्धि सम्भव नहुने स्पष्ट पार्दै देश विकासको मेरुदण्ड नै शिक्षा भएको बताए । तर राज्यले बजेट निर्माणका क्रममा शिक्षा क्षेत्रलाई सधैं ओझेलमा पार्दै आएको उनको आरोप छ ।

‘भौतिक विकास बाहेकको विकासलाई हामी विकास नै ठान्दैनौँ,’ उनले भने, ‘नीति निर्माण गर्दा पहिलो प्राथमिकता सधैं भौतिक पूर्वाधारलाई दिइन्छ, शिक्षा दोस्रो वा तेस्रो पंक्तिमा धकेलिन्छ । यही कारण शिक्षा क्षेत्र सधैं उपेक्षित रहँदै आएको छ ।’

उनले शिक्षा क्षेत्रको विकासका लागि राज्यका कुनै तह र निकायले गम्भीर रूपमा खोजी नगरेको पनि बताए । असल नागरिक उत्पादन गर्न सक्ने शिक्षा नीति नआएसम्म देशले परिकल्पना गरेअनुसारको समृद्धि हासिल गर्न नसक्ने उनको निष्कर्ष थियो ।

‘अब बन्ने सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ,’ थापाले भने, ‘नयाँ शिक्षा नीति ल्याएर सक्षम, नैतिक र जिम्मेवार नागरिक उत्पादन गर्न सक्ने वातावरण तयार गर्नुपर्छ ।’

थापाका अनुसार देशको मुहार फेर्ने प्रमुख अंग शिक्षा भए पनि असल शिक्षा नीति नहुँदा मुलुक अपेक्षित गतिमा अघि बढ्न नसकेको हो । कार्यक्रममार्फत उनले विद्यार्थीलाई न्यानो कपडा वितरण गर्दै शिक्षा क्षेत्रमा राज्यको लगानी र ध्यान बढाउन आग्रह गरे ।

बिर्तामोड उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यमी समूहले बालबालिकालाई लक्षित गर्दै स्वेटर वितरण गरेको थियो । सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेका थापाले बालबालिकाको भविष्य सुरक्षित गर्न सकेमात्रै मुलुक समृद्ध बन्न सक्ने धारणा व्यक्त गरे ।

महेन्द्र ज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका बिर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुमागाईंले विद्यालयका पूर्वविद्यार्थी अमर रिसालले आफ्नी श्रीमती अनिता लकाई (हाल अष्ट्रेलिया) को जन्मदिनको अवसरमा प्रदान गरेको रकमबाट २२२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको जानकारी दिइन् ।

सो समारोहमा नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति तथा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईं लगायत व्यक्तित्वहरूले विद्यालयको अवस्थाप्रति चासो व्यक्त गर्दै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

विद्यालयका प्रधानाध्यापक जयकुमार झाले विद्यालयको शैक्षिक अवस्था तथा विद्यार्थीहरूको अवस्थाबारे जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन सोही विद्यालयका शिक्षक विरेन्द्र कडरियाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...