Skip to main content

साझा अक्षर

स्वर्गीय हरिकुमार प्रसाई स्मृति कप, क्वार्टर फाइनल समीकरण पूरा

 

बिर्तामोड माघ २५।।  तेस्रो हरिकुमार प्रसाई स्मृति झापा जिल्ला अन्तर विद्यालय स्तरीय अन्डर १३ नकआउट फुटबल प्रतियोगिता क्वाटरफाईनल समीकरण पुरा भएको छ ।

बिर्तामोड नगरपालिका ६ स्थित एभरेष्ट एजुकेसन एकाडेमीको खेलमैदानमा आज भएको पहिलो खेलमा गोमेन्द्र विरता मोडेलले टावर टेम्पल इंग्लीस स्कुललाई पराजित २-० गोल अन्तरले पराजित गर्यो। । यस्तै दोस्रो खेलमा न्युटन्स एजुकेशन एकेडेमीले हरीकुल इंग्लीस स्कुल लाई समान २-० गोल अन्तरले नै परायजित गर्यो । आजै सम्पन्न तेस्रो खेलमा मेची सेकेण्डरी स्कुल लाई ४-१ गोलले हराउदै निदि सेकेण्डरी स्कुल पनि क्वाटरफाईनलमा प्रबेश गरे सँगै क्वाटर फाइनल समीकरण पूरा भएको छ।

प्रतियोगिता अन्तर्गत भोली क्वाटर फाइनलका चार खेल हुनेछन्  पहिलो क्वाटर फाइनल खेल इस्ट होराइजन मेचीनगर र गोमेन्द्र बिर्ता मोडल बिर्तामोड बीच हुनेछ। त्यस्तै दोस्रो खेल ब्रिलियनन्ट पिपुल्स अर्जुनधारा र कञ्चन इङ्लिस स्कुल बीच हुनेछ। क्वाटर फाइनलको तेस्रो खेल अन्तर्गत निधि स्कुल र बालबाटिका मेचीनगर बीच हुनेछ। अन्तिम क्वाटर फाइनल खेल कन्चन स्कुल बिर्तामोड र न्युटन एजुकेशन एकाडेमी  बिर्तामोडबीच हुने प्रतियोगिता संयोजक आशिष प्रसाईंले जानकारी दिनुभयो।

विद्यालयका संस्थापक स्वर्गीय हरिकुमार प्रसाईले शिक्षा क्षेत्रमा र्पुयाउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै र उहाँलाई जीवन्त राख्नका लागि एभरेस्ट स्मार्ट एजुकेसन र  एभरेष्ट  स्पोर्ट्स एकाडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा झापाका विभिन्न २० विद्यालयहरूको सहभागिता रहेको छ। माघ २२ गतेबाट सञ्चालित यो प्रतियोगिता आगामी माघ २८ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेता तथा उपविजेता टिमलेले नगदसहित आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...