साझा अक्षर

उज्यालो नेपाल पार्टी को झापा २ मा चुनावी अभियान तीव्र

 

झापा फागुन १ ।। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजीकिएसँगै दलहरूको चुनावी सरगर्मी बढेको छ।  उम्मेदवारहरू आफ्ना मतदातासँग भेट घाटमा व्यस्त रहेका छन्।

यसैबीच कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले पनि चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको छ। केही दिनअघि झापाका पाँचैवटा निर्वाचन क्षेत्रमा उम्मेदवार तथा कार्यकर्तालाई भेटघाट गर्दै कुलमान घिसिङले झापाली जनतालाई आफ्नो पक्षमा मतदान गर्न समेत आग्रह गरेका थिए। यो सँगै झापामा उज्यालो नेपाल पार्टीको सम्भावना बढ्दै गएको  झापा क्षेत्र नम्बर २ का प्रत्यक्ष तर्फका उम्मेदवार सीके बेघाले जानकारी दिए।

 

आज बिर्तामोडमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा पार्टीका तर्फबाट झापा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार सीके बेघाले ‘उज्यालो अभियान’ मार्फत परिवर्तनको सन्देश बोकेर मैदानमा उत्रिएको बताए।
बेगाले आफ्नो दललाई ‘ब्रान्डिङ पार्टी’को संज्ञा दिँदै स्पष्ट भिजन र कार्ययोजनासहित जनताको घरदैलोमा पुगेको उल्लेख गरे। १८ घण्टे लोडसेडिङ अन्त्य गर्न नेतृत्वदायी भूमिका खेलेका कुलमान घिसिङको नेतृत्वमा पार्टी अघि बढिरहेको उल्लेख गर्दै उनले ऊर्जा, सुशासन र प्रविधिमैत्री शासनलाई प्रमुख एजेन्डा बनाइएको बताए।

उनले पाँच दशकभन्दा बढी समय सत्तामा रहेका परम्परागत दलहरूले नागरिकका आधारभूत समस्या समाधान गर्न नसकेको आरोप लगाए। “अब जनताले नारामा होइन, व्यवहारमा परिवर्तन खोजिरहेका छन्,” बेगाले भने, “उज्यालो नेपाल पार्टी त्यही परिवर्तनको प्रतिनिधि हो।” घरदैलो अभियानका क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको उनको दाबी छ।
बेगाका अनुसार जेन्जी नेतृत्वमा गठन भएको राष्ट्रिय परिवर्तन पार्टी र उज्यालो नेपाल पार्टीबीच एकीकरण भई संयुक्त रूपमा निर्वाचनमा सहभागी भएको हो। एकीकरणपछि उज्यालो नेपालबाट १०५ र राष्ट्रिय परिवर्तन पार्टीबाट १६ गरी कुल १२१ जना उम्मेदवार मैदानमा उत्रिएका छन्। कोशी प्रदेशबाट मात्रै ११ जना उम्मेदवार रहेको उनले जानकारी दिए।


“मेरो उम्मेदवारी सुशासन, अनुशासित र सुसंस्कृत राज्य व्यवस्थाका लागि हो,” उनले भने। आफू राजनीतिमा नयाँ भए पनि इमान्दारिता, निष्ठा र देशप्रतिको प्रतिबद्धतामा कुनै सम्झौता नहुने उनको दाबी छ। विगत ३५ वर्ष भारतीय लाहुरेका रूपमा सेवा गरेको अनुभव सुनाउँदै उनले अनुशासन, जवाफदेहिता र सामाजिक दायित्व राजनीति सफल बनाउन अपरिहार्य भएको बताए।
कार्यक्रममा पार्टीका पदमबहादुर तामाङ, रमेश तामाङ तथा प्रदेश सदस्य शर्मिला आङदाङ्बेलगायतको उपस्थिति थियो। पत्रकारका जिज्ञासामा बेगाले निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै फागुन ४ गतेदेखि घोषणापत्रसहित घरदैलो अभियान सुरु गर्ने जानकारी दिए।

युवा नेतृत्वको क्षमतामाथि उठ्ने प्रश्नबारे उनले भने, “समय बदलिएको छ, यो प्रविधिको युग हो। युवामा ऊर्जा र दक्षता दुवै छ। अग्रज पुस्ताको अनुभव र युवाको जोश मिल्दा मात्रै राजनीतिक अन्धकार हटाउन सकिन्छ।”
बेगाले झापाली मतदाताले परिवर्तनका लागि एकपटक उज्यालो नेपाल पार्टीलाई अवसर दिनेमा आफू विश्वस्त रहेको बताए। नयाँ शक्ति र नयाँ पुस्ताको दाबी गर्दै अघि बढेको ‘उज्यालो’ अभियानले झापाको चुनावी बहसलाई थप रोचक बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...
चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

  झापा ।।  प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ। उद्घाटन खेलमा दार्जिलिङ एफसीले उत्कृष्ट प्रदर्शनका साथ...
प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगी डाँडा वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ। मिक्लाजुङ गाउँपालिका...