Skip to main content

साझा अक्षर

स्व गुरुभक्त न्यौपाने स्मृति कप फागुन ३ देखि सुरु, खेलतालिका सार्वजनिक

 

बिर्तामोड फागुन १ ।। स्वर्गीय गुरुभक्त न्यौपाने स्मृति नकआउट फुटबल प्रतियोगिता(कञ्चनजङ्गा कप) फागुन ३ गतेदेखि  हुने भएको छ।

कञ्चनजङ्गा इङ्लिस सेकुन्डरी स्कुल बिर्तामोड ४ झापाको खेल मैदानमा संस्थापक प्रिन्सिपल गुरुभक्त न्यौपानेको स्मृतिमा कञ्चनजङ्गा इङ्लिस सेकेन्डरी स्कुलले विद्यालय स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो।

झापाको बिर्तामोड नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अध्ययनरत  कक्षा १० सम्मका विद्यार्थीहरूले प्रतियोगितामा सहभागी हुन पाउने छन्।

आज विद्यालय परिसरमा  खेलतालिका सार्वजनिक गर्दै आयोजक विद्यालयले विद्यार्थीहरूमा रहेको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गराउनका लागि, पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापहरूमा समेत विद्यार्थीहरूलाई अगाडि बढाउन र विद्यालयका संस्थापक प्रिन्सिपल स्वर्गीय गुरुभक्त न्यौपानेले  शिक्षा क्षेत्रमा पुर्‍याउनुभएको योगदानलाई जीवन्त राख्नका लागि यो प्रतियोगिता आयोजना गरिएको  प्रिन्सिपल केशवराज न्यौपानेले बताउनुभयो

फागुन ३ गतेबाट सञ्चालन हुने प्रतियोगितामा बिर्तामोड नगरपालिकाका संस्थागत तथा सामुदायिक गरी कुल २० वटा स्कुलहरूको सहभागिता रहेको छ। खेल तालिका अनुसार उद्घाटन खेलमा  आयोजक कन्चनजङ्गा इंग्लिश स्कूल र कञ्चन इंग्लिश स्कुल बीच प्रतिस्पर्धा हुनेछ

प्रतियोगिताको समापन तथा फाइनल खेल फागुन ९ गते हुनेछ। विजेता विद्यालयले आकर्षक ट्रफी सहित नगद १० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् , दोस्रो हुने विद्यालयले नगद ६००० ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् त्यस्तै तृतीय हुने विद्यालयलाई पनि पुरस्कार प्रदान गरिनेछ। तेस्रो हुने विद्यालयले नगद ४,५०० ट्रफी मेटल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी प्रदान गरिने प्रतियोगिता संयोजक दिपक सिटौलाले  जानकारी दिनुभयो।

उक्त खेलहरु गेम अफ नेपालको फेसबुक पेज युट्युब च्यानल र कन्चनजङ्गा इङ्लिस सेकेन्डरी स्कुलको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण समेत हेर्न सक्नुहुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...