साझा अक्षर

झापा २ मा उज्यालो नेपाल पार्टीको घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम तीव्र

 

झापा फागुन १३ ।। आगामी फागुन २१ मा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै उज्यालो नेपाल पार्टी झापा क्षेत्र नम्बर २ ले प्रचारप्रसार तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीव्र बनाएको छ

उज्यालो नेपाल पार्टीका तर्फबाट झापा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सीके बेघा लिम्बुले चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका हुन् । कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा उम्मेदवार बेघाले प्रत्यक्षतर्फ बलिरहेको चिम चिहमा र समानुपातिकमा बाँसुरी चिन्हमा मतदान गरी भारी मतले आफूलाई विजय गराइदिन अनुरोध गरेका छन्।


कार्यक्रमका क्रममा उम्मेदवार बेघाले झापा २ का बुधबारे, खुदुनाबारी, अर्जुनधारा बिर्तामोडका सबै वडा तथा टोलहरूमा स्थानीयवासी तथा युवाहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका गुनासा तथा सुझाव संकलन गर्दै आफ्नो निर्वाचन क्षेत्र झापा २ मा शिक्षा, स्वास्थ्य र रोजगारी अव्यवस्थित बसोबास नदी कटान बाटोघाटो आफ्नो प्रमुख प्राथमिकता रहने स्पष्ट पार्दै रोजगारी अभावका कारण केही युवाहरू लागुऔषधको चपेटामा परेको विषयलाई गम्भीर रूपमा लिएको बताएका छन्। आफू निर्वाचित भए लगत्तै झापा २ का समस्याहरूलाई समाधान गर्नेतर्फ आफू अगाडि बढ्ने र   स्थानीय तथा सक्षम व्यक्तिहरूलाई रोजगारीमा प्राथमिकता दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

कार्यक्रममा स्थानीयवासीहरूले उज्यालो नेपाल पार्टी जनआन्दोलनपछि स्थापित नयाँ आशाको पार्टी भएको उल्लेख गर्दै “हामी सबै तपाईंको साथमा छौं, राम्रो काम गर्नुहोस्” भन्दै उम्मेदवार बेघाप्रति समर्थन र विश्वास व्यक्त गरेका थिए।

उज्यालो नेपाल पार्टीलाई नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्व ऊर्जामन्त्री साथै भावी प्रधानमन्त्रीका रुपमा हेरिएका कुशल व्यक्तित्व कुलमान घिसिङले नेतृत्व गरेका छन्।
घरदैलो कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...
चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

  झापा ।।  प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ। उद्घाटन खेलमा दार्जिलिङ एफसीले उत्कृष्ट प्रदर्शनका साथ...
प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगी डाँडा वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ। मिक्लाजुङ गाउँपालिका...