Skip to main content

साझा अक्षर

झापा २ मा मतदाताको मन जित्दै उज्यालो नेपाल पार्टी

 

झापा फागुन १५ ।। फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टीले झापा–२ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै मतदाताको मन जित्न सफल भएको छ।

उज्यालो नेपाल पार्टी प्रत्यक्षतर्फ बलिरहेको चिम चुनाव चिन्ह र समानुपातिकतर्फ बासुरी चिन्हका साथ निर्वाचन मैदानमा उत्रिएको छ।
भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीले यस निर्वाचनलाई “विकास, सुशासन र जनविश्वासको अभियान”का रूपमा प्रस्तुत गर्दै, देशमा देखिएको निराशा र अव्यवस्थालाई अन्त्य गर्दै सकारात्मक परिवर्तनको सुरुवात गर्ने लक्ष्यसहित चुनावी रणनीति तयार गरेको छ ।

झापा क्षेत्र नम्बर २ मा पार्टीका तर्फबाट क्याप्टेन सीके बेघा उम्मेदवार रहनुभएको छ। उहाँले यतिबेला आमसभा र ठूलो भेला भन्दा पनि घरदैलो कार्यक्रमलाई प्राथमिकता दिँदै अभियान सञ्चालन गरिरहनुभएको छ।
उहाँ दैनिकजसो विभिन्न टोल तथा बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आउनुभएको छ। स्थानीय नागरिकका गुनासा, आवश्यकता र अपेक्षाबारे जानकारी लिँदै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सडक पूर्वाधार र खानेपानी जस्ता आधारभूत विषयमा आफ्ना योजनाहरू स्थानीय निकायले गर्ने र आफू विजयी भएर देशको नीति नियम मजबुत बनाउने हरेक कुराको पारदर्शिता राख्ने भन्दै तालाई विश्वस्त पारिरहेका छन्।

झापा–२ अन्तर्गतका २५ वटै वडामा घर–घर दैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम  निरन्तर जारी रहेको छ। प्रत्येक वडामा स्थानीय कार्यकर्ताहरू सक्रिय रूपमा उज्यालो नेपाल पार्टीको साथमा रहेको बताएका छन्।
घरदैलो अभियानका क्रममा मतदाताले देखाएको उत्साह र समर्थनले आफूहरू उत्साहित भएको र नयाँ शक्तिको रूपमा उदाएको नयाँ नेपाल पार्टीलाई मतदान गर्ने बताएका छन। धेरै मतदाताले “नेता जनताको घर घरमै आएर कुरा सुन्नु नै ठूलो कुरा हो” भन्ने प्रतिक्रिया दिएको बताइएको छ।

उम्मेदवार बेघाले आमसभा भन्दा पनि प्रत्यक्ष भेटघाट कार्यक्रम प्रभावकारी भएको बताउनुभएको छ। उहाँका अनुसार, घरदैलो कार्यक्रममार्फत मतदातासँग नजिकको सम्बन्ध स्थापना गर्न, वास्तविक समस्या बुझ्न र विश्वास जित्न सहज भएको छ।
यस अभियानमा युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ। महिला, ज्येष्ठ नागरिक तथा किसान समूहसँग विशेष अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरिएको छ।

चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको अवस्थामा उज्यालो नेपाल पार्टीले झापा–२ मा उल्लेखनीय नतिजा ल्याउने दाबी गरेको छ। घरदैलो कार्यक्रममार्फत मतदाताको विश्वास जित्दै अघि बढेको पार्टीले फागुन २१ को निर्वाचनलाई ऐतिहासिक बनाउने लक्ष्य लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...