Skip to main content

साझा अक्षर

जन्मदिनमा विपन्न बालबालिकालाई स्कूल ब्याग वितरण

 

झापा, बिर्तामोड। मेची–महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले ले आफ्नो जन्मदिनको अवसरमा झापाको बिर्तामोड नगरपालिका–७ स्थित नगर गौरव बस्ती मा रहेका विपन्न बालबालिकालाई स्कूल ब्याग वितरण गरेकी छिन्।

संस्थाले सामाजिक उत्तरदायित्व तथा शिक्षा प्रवर्द्धनलाई प्राथमिकता दिँदै आयोजना गरेको उक्त कार्यक्रममा ३० जना विपन्न बालबालिकालाई स्टेशनरी सामग्री अन्तर्गत स्कूल ब्याग वितरण गरिएको हो। आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई विद्यालय जान प्रोत्साहन गर्ने तथा उनीहरूको शैक्षिक यात्रामा सहयोग पुर्‍याउने उद्देश्यले ब्याग वितरण गरिएको  गरिएको आयोजकले जनाएको छ।

 

कार्यक्रममा मेची–महाकाली बुहारी संयुक्त आवाजकी झापा जिल्ला अध्यक्ष गंगा भट्टराई, सह–संयोजक रोशनी खनाल अधिकारी, झापा जिल्ला सह–सचिव आरजू खतिवडा तथा जिल्ला सदस्यहरू चन्दा उप्रेती र प्रीति मगर लगायतको उपस्थिति रहेको थियो। उपस्थित पदाधिकारीहरूले बालबालिकालाई स्कूल ब्याग हस्तान्तरण गर्दै उनीहरूलाई नियमित रूपमा विद्यालय जान र पढाइमा ध्यान दिन समेत आग्रह गरेका थिए।

कार्यक्रमका सहभागीहरूले यस्ता सामाजिक तथा मानवीय गतिविधिले समाजका विपन्न वर्गका बालबालिकालाई शिक्षातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए। स्थानीय बासिन्दाले पनि संस्थाले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुने अपेक्षा व्यक्त गरेका छन्।

मेची–महाकाली बुहारी संयुक्त आवाज देशभरिका बुहारीहरूद्वारा स्थापना गरिएको एक सामाजिक तथा अभियानमूलक संस्था हो। यस संस्थाले हाल नेपालका ५७ जिल्लामा आफ्नो शाखा विस्तार गर्दै महिला अधिकार, महिला सशक्तीकरण तथा महिला र बालबालिकामाथि हुने हिंसाविरुद्ध आवाज उठाउँदै विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै आएको छ।

घर–परिवार तथा समाजमा बुहारीहरूले भोग्ने विभिन्न समस्या, असमानता र हिंसाका घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले स्थापना भएको यस संस्थाले महिलाहरूलाई एकताबद्ध गर्दै उनीहरूको अधिकार, सम्मान र सुरक्षाका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम, तालिम, अन्तरक्रिया तथा सामाजिक अभियान सञ्चालन गर्दै आएको छ।

यसका साथै महिला तथा बालबालिकामाथि हुने घरेलु हिंसा, विभेद, अन्याय तथा दुर्व्यवहारका घटनाविरुद्ध आवाज उठाउँदै पीडितलाई आवश्यक सहयोग, परामर्श तथा साथ–सहयोग प्रदान गर्ने कार्य पनि संस्थाले गर्दै आएको बताइएको छ।

मेचीदेखि महाकालीसम्मका बुहारीहरूलाई एकै सूत्रमा बाँधेर सामाजिक न्याय, समानता र सुरक्षित समाज निर्माण गर्ने लक्ष्यका साथ मेची–महाकाली बुहारी संयुक्त आवाज निरन्तर रूपमा सक्रिय रहेको संस्थाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...