साझा अक्षर

तेस्रो देउमाई कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

 

देउमाई इलाम ।। तेस्रो सस्करण अन्तरपालिका स्तरीय नकआउट फुटबल प्रतियोगिता “देउमाई कप–२०८२” को तयारी अन्तिम चरणमा पुगेको छ।

देउमाई स्पोर्टिङ क्लब को आयोजनामा चैत १४ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा इलाम जिल्लाका १० वटा स्थानीय तहका टोलीहरू सहभागी हुने भएका छन्। प्रतियोगिताले स्थानीय तहस्तरमा खेलकुद गतिविधि सशक्त बनाउने र युवाहरूलाई सकारात्मक गतिविधिमा संलग्न गराउने लक्ष्य लिएको आयोजकले जनाएको छ।

जिल्लामा फुटबल खेलको विकास र नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गर्ने उद्देश्यसहित आयोजना गरिने यस प्रतियोगिताले यसपटक अझ व्यापक सहभागिता र उत्साह पाउने अपेक्षा गरिएको छ।

प्रतियोगितामा इलामका १० स्थानीय तहहरूको सहभागीता रहनेछ।  इलाम नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका, सूर्योदय नगरपालिका, रोङ गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, माईजोगमाई गाउँपालिका, चुलाचुली गाउँपालिका तथा सन्दकपुर गाउँपालिका का प्रतिनिधि टोलीहरूको सहभागिता रहनेछ। यसले सम्पूर्ण जिल्लालाई एकै मंचमा ल्याउँदै प्रतिस्पर्धात्मक र सौहार्दपूर्ण वातावरण सिर्जना गर्ने विश्वास लिइएको छ।

प्रतियोगिता भानुभक्त माध्यमिक विद्यालय छात्रावास खेलमैदान मा सञ्चालन हुनेछ। उक्त मैदानमा आवश्यक भौतिक पूर्वाधार, खेलमैदान मर्मत, दर्शक व्यवस्थापन लगायतका तयारीहरू तीव्र गतिमा सम्पन्न गरिएको आयोजकले जनाएको छ।
आयोजक क्लबका अध्यक्ष कृष्ण राई का अनुसार सहभागी टोलीहरूलाई औपचारिक निमन्त्रणा पठाइसकिएको छ भने प्रतियोगिता सञ्चालनका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन लगभग पूरा भइसकेको छ। “यस प्रतियोगिताले इलाम जिल्लाको फुटबल विकासमा नयाँ ऊर्जा थप्नेछ र स्थानीय स्तरमै खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने महत्वपूर्ण अवसर प्रदान गर्नेछ,” उनले बताए।
यस प्रतियोगितालाई जिल्लामा खेलकुद प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यमको रूपमा हेरिएको छ। विशेषगरी युवा पुस्तालाई खेलतर्फ आकर्षित गर्दै अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न यसले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। साथै, यस प्रकारका प्रतियोगिताले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा समेत टेवा पुर्‍याउने विश्वास गरिएको छ।

प्रतियोगिताको विजेता टोलीले नगद रु. २ लाख माथि नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु. १ लाख माथि  ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधागत पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ। “देउमाई कप–२०८२” ले इलाम जिल्लामा फुटबल खेलको स्तर उकास्दै खेलकुदमार्फत सामाजिक एकता र युवाहरूको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतियोगिताको गेम अफ नेपालबाट प्रत्यक्ष प्रसारण समेत गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

याङनाम गोल्डकप आजबाट सुरु, उद्घाटन खेलमा सैनिक ११ विजयी

याङनाम गोल्डकप आजबाट सुरु, उद्घाटन खेलमा सैनिक ११ विजयी

याङनाम ll चैत्र २८।। पाँचथरको याङनाममा जारी याङनाम गोल्ड कप फुटबल प्रतियोगितामा आजको खेलमा जित निकाल्दै झापाको सैनिक ११ फुटबल क्लब...
कर्मचारी ११ र मेतालुङ सेमिफाइनल प्रबेश

कर्मचारी ११ र मेतालुङ सेमिफाइनल प्रबेश

फाकफोकथुमll चैत्र २८ ll कर्मचारी ११ आमचोक र मेतालुङ एफसी इलामको फाकफोकथुम ६ एकतप्पाको जानकी मा.बि.को खेल मैदानमा जारी खुल्ला पुरुष...
आजदेखि ‘गन्तव्य मध्यपुर’ शुभारम्भ

आजदेखि ‘गन्तव्य मध्यपुर’ शुभारम्भ

आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनाउने उद्देश्यले मध्यपुर थिमि नगरपालिकाले आजदेखि ‘गन्तव्य मध्यपुर’ अभियान शुभारम्भ गरेको छ । ब...
प्याब्सन झापा द्वारा आगामी शैक्षिक सत्र व्यवस्थित बनाउने लक्ष्यसहित विभिन्न निर्णय सार्वजनिक

प्याब्सन झापा द्वारा आगामी शैक्षिक सत्र व्यवस्थित बनाउने लक्ष्यसहित विभिन्न निर्णय सार्वजनिक

झापा, चैत २८ ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले आगामी शैक्षिक सत्र २०८३ लाई व्यवस्थित र प्रभावकारी बन...