साझा अक्षर

देउमाई कप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक उद्घाटन खेलमा देउमाई नगरपालिका र सन्दकपुर गाउँपालिका भिड्ने

 

देउमाई इलाम ।। तेस्रो संस्करणको अन्तरपालिका स्तरीय देउमाई कप फुटबल प्रतियोगिता २०८२ को खेलतालिका सार्वजनिक गरिएको छ।

देउमाई स्पोर्टिङ क्लबको कार्यालयमा आज आयोजित एक विशेष कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलकुद क्षेत्रसँग सम्बन्धित व्यक्तित्व, क्लबका पदाधिकारी, खेलाडी  गाउँपालिकाका खेल प्रतिनिधि तथा पत्रकारहरूको  उपस्थितिमा खेल तालिका सार्वजनिक गरिएको हो।

सार्वजनिक गरिएको खेलतालिका अनुसार  उद्घाटन खेल चैत्र १४ गते देउमाई नगरपालिका र सन्दकपुर गाउँपालिकाबीच हुनेछ। उद्घाटन खेललाई विशेष रूपमा भव्य बनाइने र स्थानीय दर्शकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
त्यसैगरी, दोस्रो खेल चैत्र १५ गते चुलाचुली गाउँपालिका र माइजोगमाई गाउँपालिकाबीच हुनेछ भने चैत्र १६ गते माई नगरपालिका र फाकफोकथोम गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ। क्वाटर फाइनलतर्फको अन्तिम खेल चैत्र १७ गते सूर्योदय  नगरपालिका र माङ्सेबुङ गाउँपालिका बीच हुनेछ। चैत्र १९ र २० गते एकएक सेमिफाइनल खेल हुनेछन्।

प्रतियोगिताको फाइनल खेल चैत्र २१ गते हुनेछ। विजेता टोलीले नगद २ लाख रुपैयाँभन्दा बढी पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १ लाख रुपैयाँभन्दा बढी पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई ‘बेस्ट प्लेयर’, ‘टप स्कोरर’, ‘बेस्ट गोलकिपर’ लगायत विभिन्न विधामा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।

आयोजक समितिका  अक्षय कृष्ण राईका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। मैदान व्यवस्थापन, दर्शक बस्ने व्यवस्था, सुरक्षा, स्वास्थ्य सेवा लगायतका पक्षहरूमा विशेष ध्यान दिइएको उनले जानकारी दिए। उनले प्रतियोगितालाई सफल बनाउन स्थानीय सरकार, सहयोगी संस्था तथा खेलप्रेमीहरूको साथ र सहयोग महत्वपूर्ण रहने उल्लेख गरे।
यस प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा सामाजिक सद्भाव मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, देउमाई कपलाई आगामी वर्षहरूमा अझ ठूलो स्तरमा विस्तार गर्ने योजना समेत आयोजकले अघि सारेको छ।

खेल देउमाई नगरपालिका वडा नम्बर ४ स्थित भानुभक्त माविको छात्रावास खेलमैदानमा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...
चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

  झापा ।।  प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ। उद्घाटन खेलमा दार्जिलिङ एफसीले उत्कृष्ट प्रदर्शनका साथ...
प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगी डाँडा वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ। मिक्लाजुङ गाउँपालिका...