साझा अक्षर

देउमाई कप फुटबल प्रतियोगिता सेमिफाइनल समीकरण पुरा

 

देउमाई इलाम ।। देउमाई स्पोर्टिङ्ग क्लबको आयोजनामा सञ्चालित पालिका स्तरीय तेस्रो देउमाई कप फुटबल प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटर फाइनलमा जित निकाल्दै सूर्योदय नगरपालिका अन्तिम चारमा प्रवेश गरेको छ।

यो सँगै सेमिफाइनल समीकरण समेत पूरा भएको छ यस अघिका खेलबाट देउमाई नगरपालिका चुलाचुली गाउँपालिका फाकफोकथुम गाउँपालिका अन्तिम ४ मा प्रवेश गरिसकेका छन् आज भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा ट्राइबेकरबाट जित निकाल्दै गत संस्करणको विजेता सूर्योदय नगरपालिका सेमीफाइनल प्रवेश गरेको हो।

ट्राइबेकरमा माङ्सेबुङ गाउँपालिकालाई ३-२ गोल अन्तरले स्तब्ध पार्दै सेमिफाइनलमा चुलाचुलीसँगको भेट पक्का गरेको हो। खेलको सुरुवातदेखि नै निकै प्रतिस्पर्धात्मक बनेको खेलमा अग्रता माङ्सेबुङ गाउँपालिकाले लिएको हो। उसका लागि जर्सी नम्बर २० का आइन्द्र लिम्बुले सुन्दर गोल गर्दै टिमलाई अग्रता दिलाए। सूर्योदय नगरपालिकाले भने पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफ १ शून्यको अवस्थामा अन्त्य गर्यो।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै मैदान उत्रिएको सूर्योदय नगरपालिकाले माङ्सेबुङ गाउँपालिकालाई बारम्बार दबाबमा राख्दै अन्तत गोल गर्न सफल रह्यो। उसका लागि जर्सी नम्बर २ का सौरभ कार्कीले गोल गर्दै खेललाई खेललाई एकएकको बराबरीमा पुर्याए। प्रतिकूल मौसमका कारण केहीबेर अवरुद्ध बनेको खेलको अन्त्यतिर दुवै टिमले पाएका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा निर्धारित समय एक एकको बराबरीमा सकिएको हो।

त्यसपछि निर्णयका लागि लिएको ट्राइबेकरमा बाजी मार्दै सूर्योदय नगरपालिका सेमिफाइनल प्रवेश गरेको हो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका सूर्योदय नगरपालिकाका गोलकिपर सर्जन लिम्बु म्यान अफ द म्याच बने उनलाई प्रमुख अतिथिले नगद तथा ट्रफी प्रदान गरे। प्रतियोगिता अन्तर्गत भोलिबाट सेमिफाइनलका खेल सुरु हुनेछन् भोलि हुने पहिलो सेमीफाइनल खेलमा देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिका बीच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष कृष्ण राईले जानकारी दिए प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

साथै उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी लगायत विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजक समितिका सचिव भवानी गजुरेल ले जानकारी दिएका छन्। प्रतियोगिता भानुभक्त माविको छात्रावास खेलमैदान, देउमाई नगरपालिका–४ मा सञ्चालन भइरहेको छन्।

खेलमैदानमा स्थानीय दर्शकहरूको उत्साहजनक उपस्थिति देखिएको छ, जसले प्रतियोगितालाई अझै जीवन्त बनाएको छ। यस प्रतियोगिताले इलाम जिल्लामा फुटबलप्रति बढ्दो आकर्षण झल्काउनुका साथै स्थानीय प्रतिभालाई उजागर गर्ने महत्वपूर्ण प्लेटफर्मका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...
चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

  झापा ।।  प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ। उद्घाटन खेलमा दार्जिलिङ एफसीले उत्कृष्ट प्रदर्शनका साथ...
प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगी डाँडा वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ। मिक्लाजुङ गाउँपालिका...