Skip to main content

साझा अक्षर

देउमाइकप फुटबल, देउमाई नगरपालिका फाइनल प्रवेश

चैत्र १८।। इलामको देउमाईमा जारी तेस्रो संस्करण अन्तरपालिका स्तरीय देउमाईका फुटबल प्रतियोगितामा जित निकाल्दै देउमाई नगरपालिका फाइनल प्रवेश गरेको छ।

भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा उपाधि दावेदार मानिएको फाकफोककथुम गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै देउमाई नगरपालिका उपाधि नजिक पुगेको हो।

देउमाईलाई फाइनल पुर्‍याउनका लागि दोस्रो हाफको पहिलो मिनेटमै उपहार गो ल प्राप्त भयो फाकफक्थुमका स्पेन लिम्बुले क्लियर गर्ने क्रममा बलले जाली चुमेसँगै देउमाई नगरपालिकाले अग्रता बनायो। त्यसपछि जर्सी नम्बर १० का मुकेश मगरले फ्री किक मार्फत उत्कृष्ट गोल गर्दै टिमलाई जित तर्फ डोर्याए।

फाकफोकथुम गाउँपालिकाले भने पाएका केही अवसरहरूलाई सदुपयोग गर्न नसक्दा सेमिफाइनल बाटै घर फर्किएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका देउमाई नगरपालिकाका मुकेश मगर प्लेयर अफ द म्याच बने उनलाई प्रमुख अतिथि भानुभक्त माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष प्रकाश चन्द्र खनालले नगद ३००० तथा ट्रफी प्रदान गरे।

प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा भोलि डिफेन्डिङ च्याम्पियन सूर्योदय नगरपालिका र चुलाचुली गाउँपालिका बीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

साथै उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी लगायत विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजक समितिका सचिव भवानी गजुरेल ले जानकारी दिएका छन्।

प्रतियोगिता भानुभक्त माविको छात्रावास खेलमैदान, देउमाई नगरपालिका–४ मा सञ्चालन भइरहेको छ। खेलमैदानमा स्थानीय दर्शकहरूको उत्साहजनक उपस्थिति देखिएको छ, जसले प्रतियोगितालाई अझै जीवन्त बनाएको छ।

यस प्रतियोगिताले इलाम जिल्लामा फुटबलप्रति बढ्दो आकर्षण झल्काउनुका साथै स्थानीय प्रतिभालाई उजागर गर्ने महत्वपूर्ण प्लेटफर्मका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...