Skip to main content

साझा अक्षर

आदर्श स्कुलद्वारा खेलाडी र उत्कृष्ट विद्यार्थी सम्मानित: ‘आदर्श एम्बेसडर’ घोषणा र अभिभावक सम्मान

बिर्तामोड। झापा।। “खेलाडी सम्मानको वास्तविक हकदार बने मात्र स्वस्थ समाजको निर्माण सम्भव छ” भन्ने उद्देश्यका साथ झापाको बिर्तामोडस्थित आदर्श स्कुल अफ म्यानेजमेन्ट ले एक विशेष सम्मान समारोह सम्पन्न गरेको छ।

बिर्तामोडस्थित आदर्श ब्याक्वेटमा आयोजित उक्त समारोहमा विगत दुई वर्षदेखि विद्यालयको प्रतिष्ठा उच्च राख्ने खेलाडीहरू र विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको आयोजकले जनाएको हो।

कार्यक्रमका प्रमुख अतिथि निधीका संस्थापक एवं प्रिन्सिपल रञ्जित शाहले विद्यार्थीहरूको योगदानको प्रशंसा गर्दै “विद्यार्थीहरूले विद्यालयका लागि गरेको अथक योगदानका कारण नै हामीलाई आगामी दिनमा उनीहरूका लागि अझ बढी लगानी गर्ने हौसला मिलेको बताएका छन्।”हामि अभिभावकको सपना र विद्यार्थीको इच्छालाई एकाकार गर्दै शिक्षा र खेलकुद दुवै क्षेत्रमा उत्कृष्ट काम गरिरहेका छौँ” उनले भनेका छन्।

उक्त कार्यक्रममा खेलकुद र शैक्षिक विधामा योगदान पुर्‍याउने विद्यार्थीहरूलाई अवार्ड, कदर पत्र र ‘आदर्श एम्बेसडर’ टी सर्ट द्वारा विभूषित गरिएको थियो।यसैगरी विद्यालयले प्रत्येक वर्ष प्रदान गर्ने १० विधाका ‘आदर्श अवार्ड’ बाट उत्कृष्ट विद्यार्थीहरूलाई सम्मानित गरिएको थियो।

कार्यक्रममा विद्यार्थीको सफलतामा आधारस्तम्भ रहेका अभिभावकहरूलाई कदर पत्र प्रदान गर्दै उहाँहरूको योगदानको उच्च सम्मान गरिएको थियो। कार्यक्रममा शिक्षिका इन्दिरा खड्का ले शुभकामना मन्तव्य राख्दै सम्मानित विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरेकी थिइन् ।

आदर्शका संस्थापक एवं सीईओ सञ्जोग खरेल को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन दीपक दास ले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापा जिल्ला भलिबल सङ्घको अधिवेशन सम्पन्न श्रीकृष्ण खड्काको अध्यक्षतामा नयाँ समिति गठन

झापा ।। झापा जिल्ला भलिबल संघको वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले श्रीकृष्ण खड्काको अध्यक्षतामा नया...

आज विश्वकर्मा पूजा : औजारदेखि सवारीसाधनसम्म पूजाआराधना गरिँदै।

बिर्तामोड ।। निर्माण, सीप र प्रविधिसँग जोडिएका कालिगढ तथा श्रमिकहरूले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गर्दै विश्वकर्...

बिर्तामोड युनाइटेडद्वारा युवा खेलाडीलाई फुटबल बुट वितरण

  झापा । झापाको चर्चित एवं प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबले नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्ने उद्द...

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता ...