Skip to main content

साझा अक्षर

सरकारकाे प्राथमिकतामा फाप्ला क्रिकेट रङ्गशाला

शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई प्राथमिकतामा राखेर बाँकी काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आज रङ्गशालाको निरीक्षण गर्दै मन्त्री पोखरेलले यो रङ्गशाला राष्ट्रिय आयोजना बैंकमा समावेश भइसकेकाले अब सरकारले विशेष प्राथमिकतामा राखेर बजेट र कार्यान्वयनको पाटोलाई अगाडि बढाउने बताउनुभयो । उहाँले यो रङ्गशाला निर्माण भएपछि समग्र देशको आर्थिक विकासका लागि ‘गेम चेन्जर’ परियोजना हुने उल्लेख गर्नुभयो ।

धनगढी उपमहानगरपालिका–३ मा निर्माण भइरहेको परियोजनाको जग्गा प्राप्ति, डीपीआर, ईआईए जस्ता प्राविधिक प्रक्रियाहरू पूरा भइसकेको छ ।

‘ड्रिम फाप्ला’ अभियानअन्तर्गत यहाँ अन्तर्राष्ट्रिय मापदण्डअनुरूप ५० हजार दर्शक अट्ने क्षमताको क्रिकेट रङ्गशाला चरणबद्ध रूपमा निर्माण गरिने लक्ष्य छ ।

यस्तै रङ्गशालामा फुटबल मैदान, पौडी पोखरी, ट्र्याक एन्ड फिल्ड, मल्टी स्पोर्ट्स हल, स्पोर्ट्स म्युजियम लगायतका पूर्वाधारहरू समावेश गरिनेछन् । आयोजनाको लागत २६ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापा जिल्ला भलिबल सङ्घको अधिवेशन सम्पन्न श्रीकृष्ण खड्काको अध्यक्षतामा नयाँ समिति गठन

झापा ।। झापा जिल्ला भलिबल संघको वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले श्रीकृष्ण खड्काको अध्यक्षतामा नया...

आज विश्वकर्मा पूजा : औजारदेखि सवारीसाधनसम्म पूजाआराधना गरिँदै।

बिर्तामोड ।। निर्माण, सीप र प्रविधिसँग जोडिएका कालिगढ तथा श्रमिकहरूले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गर्दै विश्वकर्...

बिर्तामोड युनाइटेडद्वारा युवा खेलाडीलाई फुटबल बुट वितरण

  झापा । झापाको चर्चित एवं प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबले नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्ने उद्द...

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता ...