Skip to main content

साझा अक्षर

पर्यटनका लागि प्रकृति, संस्कृति र व्यवसाय’ भन्ने नारासहित ‘कोशीमा बिहार उत्सव’हुने

चैत २६ र २७ गते धरानमा ‘कोशीमा बिहार उत्सव’ हुने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत उत्सव हुन लागेको जानकारी दिइएको हो ।

उत्सव भानुचोकस्थित खुला क्षेत्रमा आयोजना हुनेछ । पर्यटन कार्यालय धरानको प्रवर्द्धन, सुनसरी उद्योग वाणिज्य संघको संयोजन तथा होटल एसोसिएसन अफ धरान र होटल व्यवसायी समिति धरानको सहकार्यमा कार्यक्रम सञ्चालन गरिन लागेको हो ।

‘पर्यटनका लागि प्रकृति, संस्कृति र व्यवसाय’ भन्ने नारासहित आयोजना हुन लागेको उक्त उत्सव कोशी प्रदेश सरकारले सन् २०८२ लाई पर्यटन वर्षका रूपमा मनाइरहेको सन्दर्भमा निजी क्षेत्रसँगको सहकार्यमा गर्न लागिएको कार्यक्रम संयोजक नारायण लिम्बूले बताए ।

प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै यस वर्षलाई पर्यटन विकासको आधार वर्षका रूपमा अघि बढाइएको उनले बताए ।

उत्सवमा विशेष गरी भारतको बिहार राज्यबाट आउने पर्यटकलाई लक्षित गरिएको छ। कोशी करिडोर क्षेत्रमा सीमापार पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिने कार्यक्रममा पर्यटन, कला, संस्कृति र व्यवसायलाई एकै थलोमा प्रस्तुत गरिने लिम्बूले जानकारी दिए।

उत्सवमार्फत बिहारका पर्यटकहरूलाई यहाँको संस्कृति, खानपान र स्थानीय जीवनशैलीसँग परिचित गराउने लक्ष्य राखिएको छ । साथै, सीमापारि तथा स्थानीय उद्योगी–व्यवसायीबीच व्यापार तथा लगानीका सम्भावनाबारे छलफल र सहकार्य बढ्ने विश्वास आयोजकले लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

समाचार

Prácticos materiales y sankra-spain.es ofrecen bienestar duradero en cada proyecto interior

Informatie over weddenschappen maximaliseren met bet-sixtys.nl en strategieën

Umfangreiche Möglichkeiten entdecken und mit Pokerbet die eigene Gewinnstrategie perfektionieren

Uitgebreide mogelijkheden ontdek je bij spin boss casino en ervaar het zelf

छुटाउनुभयो कि ?

Strategic_gameplay_in_Aviator_lets_you_soar_for_potentially_massive_rewards_befo

Strategic gameplay in Aviator lets you soar for potentially massive rewards before it flies awayUnderstanding the Core Mechanics o...

Complex_systems_with_https_burningspiderstokecompany_com_deliver_advanced_analyt

Complex systems with https://burningspiderstokecompany.com deliver advanced analytics and future focused solutionsUnderstanding th...

Consistent_profits_await_with_https_aviator_in_and_calculated_withdrawal_strateg

Consistent profits await with https://aviator.in and calculated withdrawal strategies for sustained gainsUnderstanding the Mechani...

Architektura_památek_a_současné_možnosti_Mladé_Boleslavi_s_https_infocentru

Architektura památek a současné možnosti Mladé Boleslavi s https://infocentrummladaboleslav.cz pro vaše výletyArchitektonické skvo...