Skip to main content

साझा अक्षर

पर्यटनका लागि प्रकृति, संस्कृति र व्यवसाय’ भन्ने नारासहित ‘कोशीमा बिहार उत्सव’हुने

चैत २६ र २७ गते धरानमा ‘कोशीमा बिहार उत्सव’ हुने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत उत्सव हुन लागेको जानकारी दिइएको हो ।

उत्सव भानुचोकस्थित खुला क्षेत्रमा आयोजना हुनेछ । पर्यटन कार्यालय धरानको प्रवर्द्धन, सुनसरी उद्योग वाणिज्य संघको संयोजन तथा होटल एसोसिएसन अफ धरान र होटल व्यवसायी समिति धरानको सहकार्यमा कार्यक्रम सञ्चालन गरिन लागेको हो ।

‘पर्यटनका लागि प्रकृति, संस्कृति र व्यवसाय’ भन्ने नारासहित आयोजना हुन लागेको उक्त उत्सव कोशी प्रदेश सरकारले सन् २०८२ लाई पर्यटन वर्षका रूपमा मनाइरहेको सन्दर्भमा निजी क्षेत्रसँगको सहकार्यमा गर्न लागिएको कार्यक्रम संयोजक नारायण लिम्बूले बताए ।

प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै यस वर्षलाई पर्यटन विकासको आधार वर्षका रूपमा अघि बढाइएको उनले बताए ।

उत्सवमा विशेष गरी भारतको बिहार राज्यबाट आउने पर्यटकलाई लक्षित गरिएको छ। कोशी करिडोर क्षेत्रमा सीमापार पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिने कार्यक्रममा पर्यटन, कला, संस्कृति र व्यवसायलाई एकै थलोमा प्रस्तुत गरिने लिम्बूले जानकारी दिए।

उत्सवमार्फत बिहारका पर्यटकहरूलाई यहाँको संस्कृति, खानपान र स्थानीय जीवनशैलीसँग परिचित गराउने लक्ष्य राखिएको छ । साथै, सीमापारि तथा स्थानीय उद्योगी–व्यवसायीबीच व्यापार तथा लगानीका सम्भावनाबारे छलफल र सहकार्य बढ्ने विश्वास आयोजकले लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेडद्वारा युवा खेलाडीलाई फुटबल बुट वितरण

  झापा । झापाको चर्चित एवं प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबले नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्ने उद्द...

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता ...

कन्काई स्पोर्टिङ्ग ब्याङडाँडा च्यालेन्ज कपको फाइनलमा, उपाधिका लागि बिर्तामोडसँग खेल्ने

  बिर्तामोड झापा ।। आयोजक ब्याङडाँडा फुटबल क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दै कन्काई स्पोर्टिङ क्लब  प्रथम ब्याङडाँडा च्या...

बिर्तामोड युनाइटेड ब्याङडाँडा च्यालेन्ज कपको फाइनलमा

  बिर्तामोड झापा ।।  बिर्तामोड युनाइटेड झापा प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८३ को फाइनलमा प्रवेश गरेको ...