साझा अक्षर

झाडापखालाका कारण २ को मृत्यु

कैलालीमा झाडापखालाका कारण दाजुभाइको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिका वडा नम्बर ३ का ८ वर्षीय भीम ताम्राकार र ५ वर्षीय दीपक ताम्राकारको हिजो बेलुका ज्यान गएको हो ।

३ वर्षीय भाइ दिपेश र आमा २८ वर्षीया राधिका ताम्राकारको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसन्धानबाट राधिकाले छिमेकमा रहेको पोल्ट्री फार्मबाट बिहीवार बेलुका मरेको कुखुरा लगेको खुलेको छ । पोल्ट्री फार्म सञ्चालकले पैसा नलिई मरेको कुखुरा दिएको खुलेको र उनलाई सोधपुछ गरेर आवश्यक परेमा उपस्थित हुने गरी छाडेको प्रहरीले जनाएको छ ।

राधिकाले यसअघि पनि फार्मबाट मरेको कुखुरा लाने गरेको खुलेको छ । तर पखाला र ज्यान जानुको कारण भने पोस्टमार्टम प्रतिवेदन आएपछि मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

चारआली, झापा । आयोजक चाराली युथ क्लब  जारी प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ...
प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...
जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...