साझा अक्षर

धाइजन–चारआली महिला च्यालेन्ज कप आयोजना हुने, खेल तालिका सार्वजनिक

 

बिर्तामोड बैशाख २० ।। झापाको धाइजनमा धाइजन–चारआली महिला च्यालेन्ज कप–२०८३ आयोजना हुने भएको छ ।

धाइजन चाराली फुटबल क्लबको आयोजनामा यही वैशाख २७ गतेबाट  मेचीनगर १२ स्थित कालिका खेलमैदानमाआयोजना हुने प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ।

सार्वजनिक खेलतालिका अनुसार प्रतियोगितामा आयोजक धाइजन–चारआली फुटबल क्लबसहित आदर्श युवा क्लब बुद्धशान्ति, भद्रपुर ब्लेजर, कमल गाउँपालिका, कन्काई नगरपालिका, इलामको रोङ गाउँपालिका, जनता सेभेन फुटबल क्लव सूर्योदय टीमसँगै भारत दार्जिलिङको रथखोला फुटबल एकाडेमीले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष आशिष वनले जानकारी दिए ।

महिला फुटबलको विकास तथा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा अनुभव दिलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । प्रतियोगिताले स्थानीय खेलकुद विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । विभिन्न स्थानीय तथा भारतका टीमहरूको सहभागिताले प्रतियोगिता थप प्रतिस्पर्धात्मक बन्ने आयोजक समितिका खेल संयोजक दीपक लामाले बताए

मेचीनगर १२ स्थित कालिका खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल जेठ ३ गते हुनेछ।  विजेता टीमले नगद ५० हजारसहित मेडल, ट्रफी र प्रमाण पत्र पाउने छन् । उपविजेता टीमले नगद ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र  र विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी तथा नगद प्रदान गरिने आयोजक समितिका सचिव भीम कार्कीले बताए।

खेलतालिका कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले मामा। चाराली फुटबल क्लबका अध्यक्ष आशिष वन, क्लबका सचिव भीम कार्की। संयोजक दीपक लामा लगायत अग्रज तथा खेल प्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रतियोगिताको मुख्य प्रायोजकमा अस्ट्रेलियास्थित दावा एण्ड लामा परिवार रहेको  छ भने हङकङका मोहन इजाम सह–प्रायोजकका रूपमा रहेका छन् । खेलकुद सामग्री उत्पादक कम्पनी जोया ब्रान्ड किट पार्टनर र ‘गेम अफ नेपाल’ मिडिया पार्टनर रहेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement

समाचार

Neo Spin Casino: Quick‑Hit Wins for the Modern Player

Lucky Ones Casino – Quick‑Hit Thrills & Instant Wins

Ws Casino: Short‑Intense Play for Instant Wins

Reels of Joy Casino: Quick‑Play Slots & Instant Wins

छुटाउनुभयो कि ?

Neo Spin Casino: Quick‑Hit Wins for the Modern Player

Neo Spin Casino delivers the kind of adrenaline‑filled gaming that keeps players coming back for fast, high‑intensity sessions. Fr...

Lucky Ones Casino – Quick‑Hit Thrills & Instant Wins

1. The Pulse of Short‑Session PlayLucky Ones Casino thrives on the adrenaline of rapid play. Instead of marathon nights, players d...

Ws Casino: Short‑Intense Play for Instant Wins

1. Why Short Sessions MatterWs Casino thrives on bite‑size excitement. Players who log in for a few minutes can feel the rush of a...

Reels of Joy Casino: Quick‑Play Slots & Instant Wins

1. The Pulse of Rapid PlayReels of Joy Casino has carved a niche for players who crave adrenaline in every spin. The platform’s la...