Skip to main content

साझा अक्षर

बिर्तामोडमा वडास्तरीय भलिबल प्रतियोगिता हुँने

 

बिर्तामोड वैशाख २५।। झापाको बिर्तामोडमा वडास्तरीय प्रथम उपमेयर कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

बिर्तामोड ९ नम्बर वडा खेलकुद विकास समितिको आयोजना र नगर खेलकुद विकास समितिको सहआयोजनामा यही जेठ ३ र ४ गते बिर्तामोड ९ गरामनी स्थित दुर्गा माविको खेलमैदानमा प्रतियोगिता आयोजना हुने भएको हो।

नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन गर्ने र स्थानीय स्तरमा रहेका भलिबल खेलाडीहरूलाई प्रोत्साहन गर्दै अगाडि बढाउने उद्देश्यका साथ नगर खेलकुद विकास समितिले यो प्रतियोगिता आयोजना गर्न लागेको वार्ड नं ९ खेलकुद विकास समितिका अध्यक्ष तथा प्रतियोगिता संयोजक विश्वदिप राजवंशीले जानकारी दिए।

प्रतियोगितामा बिर्तामोड नगरपालिकाका १०वटै वडाहरूको सहभागिता रहने छ । हरेक टिमबाट वडा भन्दा बाहिरका दुई जना बाहिरी खेलाडी समेत खेलाउन सकिने प्रावधान रहेको संयोजक राजवंशीले जानकारी दिए

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै राजबंशीले नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवर्द्धन गर्दै अगाडि बढ्नकालागि र प्रतियोगितामा साथ सहयोग दिँदै सफल बनाउन  सम्पूर्ण नगरबासीलाई अनुरोध समेत गरेका छन्।

प्रतियोगिताको विजेताले नगद रु. १ लाख एक सय रुपैयाँ र उपविजेताले नगद ५१ हजार एक सय ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि नगद तथा ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...