Skip to main content

साझा अक्षर

धाइजन चाराली महिला च्यालेन्ज कप फुटबल सेमिफाइनल समीकरण पूरा

 

झापा वैशाख ३० ।। झापाको मेचीनगर १२ धाइजनस्थित कालिका खेलमैदानमा जारी धाइजन चारआली महिला च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ।

आज भएको अन्तिम क्वाटर फाइनल खेलमा कन्काई नगरपालिका सुरुङ्गा झापालाई 5-0 गोल अन्तरले पराजित गर्दै जनता सेभेन फुटबल क्लब सूर्योदय नगरपालिका इलाम अन्तिम चारमा प्रवेश गरेसँगै सेमीफाइनल समीकरण पुरा भएको हो।

जनता सेभेन फुटबल क्लब इलामका लागि ललिता मण्डलले ह्याट्रिक सहित चार गोल गरिन् भने रेखा बिष्टले एक गोल गरिन्। पराजित कन्काई नगरपालिका सुरुङ्गा झापाले भने पाएका केही अवसरहरुलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी जनता सेभेनकी ललिता मण्डल वुमन्स अफ द म्याच बन्दै नगद तथा ट्रफी प्राप्त गरिन्। उनलाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका १२ का वडा अध्यक्ष जिल्ला फुटबल संघ झापाका अध्यक्ष भगिरताले मामा लगायतले ट्रफी तथा नगद प्रदान गरे।

प्रतियोगिता अन्तर्गत भोलिबाट सेमिफाइनलका खेल सुरु हुनेछन्। भोलि हुने पहिलो खेलमा आयोजक धाइजन चाराली फुटबल क्लब र भद्रपुर ब्लेजर्स बीच पहिलो सेमीफाइनल खेल हुनेछ

ताराली फुटबल क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनल खेल आगामी जेठ ३ गते हुनेछ  विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

त्यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने आर्थिक संयोजक भीम कार्कीले जानकारी दिएका छन्। महिला फुटबलको विकास र खेलाडी उत्पादनमा प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकको रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...