Skip to main content

साझा अक्षर

धाइजन चाराली महिला च्यालेन्ज कप फुटबल सेमिफाइनल समीकरण पूरा

 

झापा वैशाख ३० ।। झापाको मेचीनगर १२ धाइजनस्थित कालिका खेलमैदानमा जारी धाइजन चारआली महिला च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ।

आज भएको अन्तिम क्वाटर फाइनल खेलमा कन्काई नगरपालिका सुरुङ्गा झापालाई 5-0 गोल अन्तरले पराजित गर्दै जनता सेभेन फुटबल क्लब सूर्योदय नगरपालिका इलाम अन्तिम चारमा प्रवेश गरेसँगै सेमीफाइनल समीकरण पुरा भएको हो।

जनता सेभेन फुटबल क्लब इलामका लागि ललिता मण्डलले ह्याट्रिक सहित चार गोल गरिन् भने रेखा बिष्टले एक गोल गरिन्। पराजित कन्काई नगरपालिका सुरुङ्गा झापाले भने पाएका केही अवसरहरुलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी जनता सेभेनकी ललिता मण्डल वुमन्स अफ द म्याच बन्दै नगद तथा ट्रफी प्राप्त गरिन्। उनलाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका १२ का वडा अध्यक्ष जिल्ला फुटबल संघ झापाका अध्यक्ष भगिरताले मामा लगायतले ट्रफी तथा नगद प्रदान गरे।

प्रतियोगिता अन्तर्गत भोलिबाट सेमिफाइनलका खेल सुरु हुनेछन्। भोलि हुने पहिलो खेलमा आयोजक धाइजन चाराली फुटबल क्लब र भद्रपुर ब्लेजर्स बीच पहिलो सेमीफाइनल खेल हुनेछ

ताराली फुटबल क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनल खेल आगामी जेठ ३ गते हुनेछ  विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

त्यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने आर्थिक संयोजक भीम कार्कीले जानकारी दिएका छन्। महिला फुटबलको विकास र खेलाडी उत्पादनमा प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकको रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Elementi sorprendenti nel gioco dazzardo con crazy time e puntate innovative per tutti

Elementi sorprendenti nel gioco dazzardo con crazy time e puntate innovative per tuttiIl fascino della ruota e i moltiplicatori ca...

বিনোদনপূর্ণ কৌশলগুলি যাচাই করুন crazy time, যা আপনার ভাগ্য পরিবর্তন করতে পারে

বিনোদনপূর্ণ কৌশলগুলি যাচাই করুন crazy time, যা আপনার ভাগ্য পরিবর্তন করতে পারেক্র্যাজি টাইমের পেছনের কৌশল এবং আকর্ষণগুণক এবং বাজির ...

Vibrant_connections_await_meet_new_people_near_me_for_lasting_friendships_and_ex

Vibrant connections await meet new people near me for lasting friendships and experiencesFinding Local Groups and ClubsDiving into...

Wonderful_spaces_from_concept_to_completion_with_inspiring_home_decor_ideas

Wonderful spaces from concept to completion with inspiring home decor ideasUnderstanding Color Psychology in Interior DesignLayeri...