Skip to main content

साझा अक्षर

धाइजन चारआली महिला च्यालेन्ज कप फुटबल, आयोजक फाइनल प्रवेश

 

झापा ।। आयोजक धाइजन चारआली फुटबल क्लब झापाको धाइजनमा जारी धाइजन चाराली महिला च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मेचीनगर १२ धाइजनस्थित कालिका खेलमैदानमा आज भएको पहिलो सेमिफाइन खेलमा भद्रपुर ब्लेजरस् लाई  दुई शून्य गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। आयोजकका लागि पहिलो हाफमा सरस्वती राजवंशी  दोस्रो हाफको इन्जुरी टाइममा  करुणा राईले गोल गरिन्।

पराजित भद्रपुर ब्लेजर्सले भने आज सोचे अनुरुपको प्रदर्शन गर्न सकेन खेल अवधिभर आयोजकको दबाबमा रह्यो। अन्तिम अन्तिम समयमा पाएका केही अवसरहरूलाई पनि सदुपयोग गर्न नसक्दा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी आयोजक धाइजन चारआली फुटबल क्लबकी सरस्वती राजवंशी प्लेयर अफ द म्याच बनिन् लाई कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष भुपेन्द्र न्यौपानेले नगत तथा ट्रफी प्रदान गरे।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भोलि हुनेछ। दोस्रो सेमिफाइनल खेलमा रथखोला फुटबल एकेडेमी दार्जिलिङ भारत र जनता सेभेन फुटबल क्लब सूर्योदय नगरपालिका इलाम बीच हुनेछ

चारराली फुटबल क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनल खेल आगामी जेठ ३ गते हुनेछ विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

 

त्यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने आर्थिक संयोजक भीम कार्कीले जानकारी दिएका छन्। महिला फुटबलको विकास र खेलाडी उत्पादनमा प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकको रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...