Skip to main content

साझा अक्षर

रतखोला फुटबल क्लब भारत धाइजन चाराली च्यालेन्ज कपको फाइनल प्रवेश

 

झापा ।। पाहुना टिम रथखोला फुटबल क्लब दार्जिलिङ भारत झापाको धाइजनमा जारी धाइजन चाराली महिला च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। यो सँगै फाइनलमा आयोजक धाइजन चारआली फुटबल क्लबसँगको भेट पक्का गरेको छ

मेचीनगर १२ धाइजनस्थित कालिका खेलमैदानमा आज भएको अन्तिम सेमिफाइन खेलमा उपाधि दावेदारका रुपमा हेरिएको जनता सेभेन फुटबल क्लब सूर्योदय इलामलाई ३ -१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। रथखोलाका तर्फबाट ममता राय, प्रतिज्ञा क्षेत्री र सुजु राईले एकएक गोल गरे। पराजित जनता सेभेनको तर्फबाट नेहा श्रेष्ठले एक गोल फर्काइन्।

प्रतियोगिताको फाइनल खेल आगामी जेष्ठ ३ गते धाइजन चाराली फुटबल क्लब र रथखोला फुटबल एकेडेमी दार्जिलिङ भारतबीच हुनेछ। विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

त्यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने आर्थिक संयोजक भीम कार्कीले जानकारी दिएका छन्। महिला फुटबलको विकास र खेलाडी उत्पादनमा प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकको रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Elementi sorprendenti nel gioco dazzardo con crazy time e puntate innovative per tutti

Elementi sorprendenti nel gioco dazzardo con crazy time e puntate innovative per tuttiIl fascino della ruota e i moltiplicatori ca...

বিনোদনপূর্ণ কৌশলগুলি যাচাই করুন crazy time, যা আপনার ভাগ্য পরিবর্তন করতে পারে

বিনোদনপূর্ণ কৌশলগুলি যাচাই করুন crazy time, যা আপনার ভাগ্য পরিবর্তন করতে পারেক্র্যাজি টাইমের পেছনের কৌশল এবং আকর্ষণগুণক এবং বাজির ...

Vibrant_connections_await_meet_new_people_near_me_for_lasting_friendships_and_ex

Vibrant connections await meet new people near me for lasting friendships and experiencesFinding Local Groups and ClubsDiving into...

Wonderful_spaces_from_concept_to_completion_with_inspiring_home_decor_ideas

Wonderful spaces from concept to completion with inspiring home decor ideasUnderstanding Color Psychology in Interior DesignLayeri...