झापा ।। धाईजन चारअलि महिला च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि आफूहरूले जित्ने सहभागी रतखोला फुटबल एकेडेमी दार्जिलिङ भारत र आयोजक धाइजन चाराली फुटबल क्लबका प्रशिक्षक र कप्तानले दाबी गरेका छन् ।
मेचीनगर नगरपालिका वडा नम्बर १२ स्थित स कालिका खेलमैदानमा आज आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि हात पार्ने दाबी गरेका हुन् । फाइनल खेल आइतबार यसै मैदानमा हुँदैछ।
रतखोला फुटबल एकेडेमी दार्जिलिङका प्रशिक्षक विद्युतदासले आफ्ना अनुभवी खेलाडीहरू भएका कारण उपाधि आफूले जित्ने दाबी गरे

त्यस्तै क्याप्टेन प्रतिज्ञा क्षेत्रीले आफूहरू उत्कृष्ट खेल्दै आयोजकलाई होम ग्राउन्डको एडभान्टेज भएपनि होम ग्राउन्डमै आयोजकलाई पराजित गर्दै उपाधि आफूले जित्ने दाबी गरिन्।
त्यस्तै आयोजक धाईजन चारआली फुटबल क्लबका प्रशिक्षक अनम लिम्बुले स्थानीय स्तरमा रहेका खेलाडीहरुलाई समेटेर टिम तयार पारेको र उत्कृष्ट खेल्दै उपाधि घरमै राख्ने धारणा राखे।
आयोजककी क्याप्टेन नयन राईले रथखोला फुटबल टिममाअनुभवी खेलाडी हरू रहेता पनि हामी आफ्नो होम ग्राउन्डमा उत्कृष्ट खेल्दै जित निकाल्ने दाबी गरिन्।
प्रिम्याच कन्फ्रेन्स कार्यक्रममा कार्यक्रम संयोजक दीपक लामा सचिव भीम कार्की तथा क्लबका पदाधिकारी फुटबल प्रेमी र पत्रकारहरूको उपस्थिति रहेको थियो।
प्रतियोगिताको विजेताले नगद ५० हजार रूपैयाँ र उपविजेताले नगद ३० हजार रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि ट्रफी तथा नगद प्रदान गरिने प्रतियोगिता संयोजक दीपक लामाले जानकारी दिएका छन्

