Skip to main content

साझा अक्षर

प्रथम उपमेयर कप वडास्तरीय भलिबल आजबाट सुरु वडा न.३,८,५ र ६ सेमीफाइनल प्रवेश

 

झापा जेष्ठ ३ ।। प्रथम उपमेयर कप वडास्तरीय भलिबल प्रतियोगिता आजबाट झापाको बिर्तामोडमा सुरु भएको छ।

बिर्तामोड नगरपालिका वडा नम्बर ९ खेलकुद विकास समितिको आयोजना र बिर्तामोड नगर खेलकुद विकास समितिको सहआयोजनामा प्रतियोगिता सुरु भएको हो।

बिर्तामोड ९ गरामनि स्थित दुर्गा माविको खेलमैदानमा आज भएको खेलबाट जित निकाल्दै वडा नम्बर ५, ६,३ र ८ सेमी फाइनलमा प्रवेश गरेका छन्।

बिर्तामोड ३ ले बिर्तामोड ४ लाई २५-१७ र २५-१६ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो। बिर्तामोड ३ बाट विमान खड्का अभिषेक कामती भरत यादव धुर्व भण्डारी जस्ता अनुभवी खेलाडीहरू सहभागी छन्।

त्यस्तै अर्को खेलमा बिर्तामोड ५ले जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको छ। बिर्तामोड ५ ले बिर्तामोड ७ लाई २५-१७ र २५-२२ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो। बिर्तामोड ५ बाट रबिन गौतम प्रदिप कटेल, फडिन्द्र सिग्देल जस्ता अनुभवी खेलाडी समावेश छन्

तेस्रो क्वार्टर फाइनल खेलमा बिर्तामोड ८ ले बिर्तामोड ९ लाई २५-१६ र २५२० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। भिर्तामोड ८ बाट पनि स्थानीय तथा उत्कृष्ट खेलाडीहरु सहभागी भएका छन्

आज भएको अन्तिम क्वाटरफाइनल खेलमा वडा नम्बर ६ ले वडा नम्बर २ लाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। वडा नम्बर ६ले २५-२२ र २५-२२ को सोझो सेटमा वडा नम्बर २ लाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो। वडा नम्बर ६ बाट कोशी प्रदेशको प्रतिनिधित्व गरिसकेका खेलाडी लिला डाँगी लगायत सहभागी छन्

प्रतियोगिता अन्तर्गत भोलि २ सेमिफाइनल र फाइनल खेल सञ्चालन हुने आयोजक समितिका अध्यक्ष विश्वद्दीप राजवंशीले जानकारी दिए
भोलि हुने पहिलो सेमिफाइनल खेल उपाधि दावेदार मानिएको वडा नम्बर ३ र वडा नम्बर ८ का बीच रहनेछ। दोस्रो सेमीफाइनल खेल वडा नम्बर ६ र अर्को उपाधि दाबेदार वडा नं ५ बीच रहनेछ। दुवै टिमबाट उत्कृष्ट खेलाडीहरु सहभागी भएका कारण पनि सेमीफाइनल खेल रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ

नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन गर्ने र स्थानीय स्तरमा भएका भलिबल खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले बिर्तामोड नगर पालिका वडा नम्बर ९ खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद १ लाख१०० उपविजेताले ५१ हजार १०० रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् त्यस्तै विधागत उत्कृष्ट खेलाडीहरुले पनि नगद र ट्रफी प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ

प्रतियोगितामा बिर्तामोड नगरपालिकाका दशवटै वडाहरूको सहभागिता रहेको छ। वडास्तरीय प्रतियोगिता भएपनि हरेक वार्डबाट दुई जना बाहिरको खेलाडी खेल्न पाउने प्रावधान रहेसँगै चर्चित र अनुभवी खेलाडीहरु अधिकांश टिमबाट यो प्रतियोगितामा सहभागी भएका छन्

उद्घाटन कार्यक्रम खेलकुद विकास समिति वडा नम्बर ९ का अध्यक्ष विश्वजित राजवंशीको अध्यक्षता र बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन सञ्चारकर्मी भरत प्रसाईले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...