Skip to main content

साझा अक्षर

सुखबिर नेम्बाङ स्मृति अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता” हुने

 

पाँचथर, फाल्गुनन्द ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर–३ पौवा सारतापमा “सुखबिर नेम्बाङ स्मृति अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता” आयोजना हुने भएको छ।

स्थानीय स्तरमा भलिबल खेलको विकास, युवाहरुलाई खेलकुदप्रति आकर्षित गर्ने तथा स्वर्गीय सुखबिर नेम्बाङले जिल्लाको भलिबल क्षेत्रमा पुर्‍याएको योगदानको सम्मानस्वरूप प्रतियोगिता आयोजना गर्न लागिएको हो।

फाल्गुनन्द गाउँपालिका–३ स्थित श्री सारताप मनोरत्न माध्यमिक विद्यालयको खेलमैदानमा यही जेठ २९, ३० र ३१ गते प्रतियोगिता सञ्चालन गरिने तयारी भइरहेको छ। प्रतियोगितामा पाँचथर जिल्लाका विभिन्न पालिका  हरूको सहभागिता रहने छ।

स्वर्गीय सुखबिर नेम्बाङ फाल्गुनन्द गाउँपालिका वडा नम्बर–३ का पूर्व वडा अध्यक्षसमेत हुन्। उनी क्षेत्रीय स्तरका चर्चित भलिबल खेलाडीका रूपमा परिचित थिए। खेलकुदमार्फत सामाजिक एकता, युवामा अनुशासन र सकारात्मक सोच विकास गर्न उनले खेलेको भूमिकाको स्थानीयस्तरमा उच्च सम्मान गरिँदै आएको छ।

उनले पाँचथर जिल्लामा भलिबल खेलको विकास र खेलाडी उत्पादनमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको फाल्गुनन्द ग्रीन पिस क्लबका सचिव गोपाल घिमिरेले बताए।

स्थानीयका अनुसार सुखबिर नेम्बाङ खेलाडी मात्र नभई खेलमार्फत युवालाई एकताबद्ध गर्ने व्यक्तित्वका रूपमा स्थापित थिए।

प्रतियोगिताका लागि फाल्गुनन्द गाउँपालिकाले २ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। त्यसबाहेक आवश्यक थप रकम स्थानीय व्यवसायी, खेलप्रेमी महानुभाव, सामाजिक अभियन्ता तथा देश–विदेशमा रहेका सहयोगी साथीभाइको  सहयोगको अपेक्षा गरिएको छ

फाल्गुनन्द गाउँपालिकाको  प्रायोजमा र फाल्गुनन्द ग्रीन पिस क्लबको आयोजनामा हुन लागेको प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन विभिन्न उपसमितिहरू गठन गरी तयारी तीव्र पारिएको  छ।

क्लबका अध्यक्ष धन नेम्बाङका अनुसार प्रतियोगिताको विजेताले रु १ लाख ५ हजार ५ सय ५५ नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि नगद तथा ट्रफी प्रदान गरिनेछ।

प्रतियोगिताले स्थानीय खेलकुद गतिविधिलाई थप चलायमान बनाउने विश्वास लिइएको छ। साथै ग्रामीण क्षेत्रमा लुकेर रहेका प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ।

स्थानीयवासी तथा खेलप्रेमीहरूबीच प्रतियोगिताप्रति उत्साह बढ्दै गएको छ। आयोजकले प्रतियोगिता सफल बनाउन सम्पूर्ण खेलप्रेमी, सामाजिक व्यक्तित्व, युवा तथा शुभेच्छुकलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
2
+1
1
+1
3
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...