Skip to main content

साझा अक्षर

विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएसम्म विरोध जारी राख्ने

विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएसम्म विरोध जारी राख्ने निर्णय गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरू नेकपा (एमाले), नेकपा र राप्रपाका प्रमुख सचेतकको आज बसेको बैठकले विरोध जारी राख्ने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिनुभयो ।

संसदमा प्रधानमन्त्रीले आएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने उहाँले बताउनुभयो । कार्यपालिकालाई संसदप्रति जवाफदेही बनाउनका लागि विपक्षीहरू एकजुट भएर अघि बढ्ने समझदारी भएको उहाँकाे भनाइ छ ।

सिंहदरबारमा रहेको एमाले संसदीय दल कार्यालयमा बसेको बैठकमा विपक्षमा रहेका चार वटा दलका प्रमुख सचेचक र सचेकतहरू सहभागी थिए ।

प्रतिनिधिसभा नियमावलीमा हप्ताको पहिलो हप्ता कुनै दिन प्रधानमन्त्रीसँग एक घण्टा प्रश्नोत्तरको कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको छ । नियमावलीअनुसार जेठको पहिलो हप्ता यस्तो प्रश्नोत्तरको कार्यक्रम सञ्चालन हुनुपर्नेमा सभामुखले मिति नतोकेपछि विपक्षी दलहरूले संसदमा अवरोध गर्दै आएका छन् ।

विपक्षीको अवरोधपछि सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्री कार्यालय पुगेर आग्रह गर्दासमेत प्रधानमन्त्री बालेन्द्र शाह प्रश्नोत्तरका लागि आउन मान्नुभएको छैन । प्रतिनिधिसभाको अर्को बैठक पर्सि मङ्गलवार बस्दैछ ।ujyaalo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापा जिल्ला भलिबल सङ्घको अधिवेशन सम्पन्न श्रीकृष्ण खड्काको अध्यक्षतामा नयाँ समिति गठन

झापा ।। झापा जिल्ला भलिबल संघको वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले श्रीकृष्ण खड्काको अध्यक्षतामा नया...

आज विश्वकर्मा पूजा : औजारदेखि सवारीसाधनसम्म पूजाआराधना गरिँदै।

बिर्तामोड ।। निर्माण, सीप र प्रविधिसँग जोडिएका कालिगढ तथा श्रमिकहरूले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गर्दै विश्वकर्...

बिर्तामोड युनाइटेडद्वारा युवा खेलाडीलाई फुटबल बुट वितरण

  झापा । झापाको चर्चित एवं प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबले नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्ने उद्द...

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता ...