झापा ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटबल क्लबलाई पराजित गर्दै उर्लाबारी फुटबल क्लब अन्तिम चारमा प्रवेश गरेको छ।
मेचीनगर १३ हातेमालो खेलमैदानमा हिजो सम्पन्न दोस्रो क्वार्टर फाइनल खेलमा उर्लाबारी ४-२ गोलअन्तरले सनिश्चरेलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।
खेलमा सुरुवाती अग्रता भने सनिश्चरे फुटबल क्लबले लिएको थियो। शनिश्चरेका लागि निमा तामाङले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए। तर त्यसपछि उर्लाबारीले जवाफी गोल गर्दै पहिलो हाफमै खेल एकएको बराबरीमा पुर्यायो

दोस्रो हाफमा थप सुधारिएको प्रदर्शन गर्दै मैदान उत्रिएको उर्लाबारीले एकपछि अर्को गोल गर्दै शनिश्चरेलाई दबाब दियो फलस्वरूप दोस्रो हाफमा थप तीन गोल गर्दै उर्लाबारीले जित सुनिश्चित गर्यो। अन्तिम अन्तिम समयमा शनिश्चर्यले खेलमा फर्किने कोसिस गर्दै निमा तामाङले दोस्रो गोल फर्काए पनि जितका लागि पर्याप्त हुन सकेन र हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका उर्लाबारी फुटबल क्लबका निरकुमार श्रेष्ठ म्यान अफ द म्याच बने उनलाई कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिज्यूहरूले नगद २००० र ट्रफी प्रदान गरे।
प्रतियोगिता अन्तर्गत आज तेस्रो क्वार्टर फाइनल खेल हुनेछ। आज हुने खेलमा आयोजक चारआली युथ क्लबले केराबारी फुटबल क्लब मोरङको सामना गर्नेछ।
बज्र स्पोर्ट्स एकेडेमी चाराली झापाको आयोजनामा तथा चाराली युथ क्लबको संयोजनमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ तथा उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । साथै विधागत उत्कृष्ट खेलाडीहरुलाई नगदसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

