Skip to main content

साझा अक्षर

स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु, फाल्गुनन्द गाउँपालिका विजयी

 

पाँचथर, जेठ २९ ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु भएको छ।

फाल्गुनन्द–३ स्थित सारताप मनरत्न माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार आयोजित उद्घाटन खेलमा जित निकाल्दै फाल्गुनन्द गाउँपालिका अघिल्लो चरणमा प्रवेश गरेको छ।

प्रतियोगिताको उद्घाटन तथा पहिलो खेलमा फिदिम नगरपालिकालाई २५–१० र २५–१७ को सोझो सेटमा पराजित गर्दै फाल्गुनन्द गाउँपालिकाले विजयी सुरुआत गरेको हो।

प्रतियोगिता अन्तर्गत शनिबार तीन खेल हुनेछन्। पहिलो खेलमा मिक्लाजुङ गाउँपालिका र आयोजक फाल्गुनन्द ग्रीन पिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा उद्घाटन खेलको विजेता फाल्गुनन्द गाउँपालिका र याङवरक गाउँपालिकाबीच भिडन्त हुनेछ। त्यस्तै तेस्रो खेलमा मिक्लाजुङ गाउँपालिका र फाल्गुनन्द ग्रीन पिस क्लबबीचको विजेताले फालेलुङ गाउँपालिकासँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेल जेठ ३१ गते हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले नगद रु. १ लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै विधागत उत्कृष्ट खेलाडीहरूलाई समेत नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने आयोजक समितिका अध्यक्ष धन नेम्बाङले जानकारी दिए।

आयोजक फाल्गुनन्द ग्रीन पिस क्लबका अध्यक्ष धन नेम्बाङको अध्यक्षता तथा फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको थियो। कार्यक्रममा फाल्गुनन्द–२ का वडा अध्यक्ष सन्तोष नेम्बाङ, विद्यालयका प्रधानाध्यापक मेघा नेम्बाङ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनसिंह नेम्बाङ, खेलमैदान निर्माणका लागि जग्गादाता परिवारका तर्फबाट बबिता नेम्बाङ लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले आगामी दिनमा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखी आवश्यक बजेट विनियोजन गर्दै विभिन्न प्रतियोगिताहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले स्वर्गीय सुखवीर नेम्बाङ राजनीतिज्ञ मात्र नभई खेलकुदप्रेमी तथा पूर्व खेलाडीसमेत रहेको उल्लेख गर्दै उहाँको स्मृतिमा आयोजना हुने प्रतियोगितालाई आगामी वर्षहरूमा अझ व्यवस्थित र स्तरीय बनाउँदै लैजाने बताए।

विशिष्ट अतिथि सन्तोष नेम्बाङले स्वर्गीय सुखवीर नेम्बाङको खेल जीवनको स्मरण गर्दै प्रतियोगिता उहाँको निधन भएको मितिमै आयोजना गर्न आयोजकलाई सुझाव दिए।

त्यसैगरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनसिंह नेम्बाङले खेलकुद गतिविधि सञ्चालनका लागि स्तरीय खेलमैदानको आवश्यकता औंल्याउँदै पौवासार्ताप क्षेत्रमा पर्याप्त खेल पूर्वाधारको अभाव रहेको बताए। उनले सार्ताप मनोरत्न माविको खेलमैदान निर्माणका लागि सबै पक्ष एकजुट भएर सहयोग गर्न आग्रह गरे।

जग्गादाता परिवारका तर्फबाट मन्तव्य राख्दै बबिता नेम्बाङले विद्यालयलाई प्रदान गरिएको जग्गामा छिट्टै व्यवस्थित खेलमैदान निर्माण गरी यस्ता प्रतियोगिताहरू नियमित आयोजना गर्नुपर्ने धारणा व्यक्त गरिन्।

कार्यक्रममा सार्ताप मनरत्न मा बिका शिक्षक  हिमालय नेम्बाङले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन फाल्गुनन्द ग्रीन पिस क्लबका सचिव गोपाल घिमिरेले गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...
गुणस्तरीय शिक्षासँगै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आदर्श स्कुल अफ म्यानेजमेन्ट

गुणस्तरीय शिक्षासँगै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आदर्श स्कुल अफ म्यानेजमेन्ट

बिर्तामोड, असार २९। विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आएको आदर्श स्कुल अफ म्...
स्वर्गीय सुखबीर नेमाङ स्मृति कप भलिबल प्रतियोगिता २०८३ को आय–व्यय सार्वजनिक

स्वर्गीय सुखबीर नेमाङ स्मृति कप भलिबल प्रतियोगिता २०८३ को आय–व्यय सार्वजनिक

  पाँचथर — फाल्गुनन्द गाउँपालिका–३, पौवा सारतापस्थित फाल्गुनन्द ग्रीन पिस क्लब ले आयोजना गरेको स्वर्गीय सुखबीर नेमाङ स्मृत...
बिर्तामोडमा ‘स्वाद रैथाने किचेन’ खुल्यो, स्थानीय परिकारलाई प्राथमिकता

बिर्तामोडमा ‘स्वाद रैथाने किचेन’ खुल्यो, स्थानीय परिकारलाई प्राथमिकता

झापा, बिर्तामोड । झापाको बिर्तामोडमा नेपाली रैथाने परिकारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘स्वाद रैथाने किचेन’ औपचारिक रूपमा सञ...