Skip to main content

साझा अक्षर

बिर्तामोडमा मेयर पकेट कार्यक्रम अन्तर्गत बाख्रा साटासाट

बिर्तामोड, १२ असार : बिर्तामोड नगरपालिकाले ‘मेयर पकेट प्याकेज ग्रामिण बाख्रा साटासाट कार्यक्रम’ अन्तर्गत वडा नं. ९ मा रहेको पञ्चकन्या महिला समूहलाई बाख्रा वितरण गरेको छ।

आज आयोजित संक्षिप्त कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले समूहका १५ जना सदस्यलाई प्रतिव्यक्ति तीनवटाका दरले जम्मा ४५ वटा बाख्रा र एउटा बीउ बोका हस्तान्तरण गर्नुभयो।

कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक संगीता शिवाका अनुसार बाख्राहरू बिर्तामोड २ स्थित ओम नवज्योति कृषक समूहबाट ल्याएर पञ्चकन्या महिला समूहलाई वितरण गरिएको हो।

कार्यक्रमअन्तर्गत एउटा समूहलाई बाख्रा उपलब्ध गराइएपछि एक वर्षपछि ती बाख्राबाट जन्मिएका सोही संख्याका पाठापाठी अर्को समूहलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था रहेको छ। वितरण गरिएका बाख्राको बीमा खर्चसमेत नगरपालिकाले नै व्यहोर्दै आएको छ।

नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाको वार्षिक कार्यक्रमअन्तर्गत बाख्रा तथा बंगुर ‘साटा–साट’ कार्यक्रम प्रत्येक वर्ष सञ्चालन हुँदै आएको छ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख संग्रौलाले बाख्रापालन आयआर्जनको प्रभावकारी माध्यम भएकाले व्यवसायलाई लगनशीलतापूर्वक सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। पशुपन्छी तथा मत्स्य विकास शाखाका प्रमुख नगेन्द्र खड्काका अनुसार नगरपालिकाले हालसम्म १८ वटा समूहलाई ३६० वटा बाख्रा वितरण गरिसकेको छ।

बाख्रा वितरण कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष हरिप्रसाद चौलागाईंसहित स्थानीयवासीको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...