Skip to main content

साझा अक्षर

बिर्तामोडमा ‘स्वाद रैथाने किचेन’ खुल्यो, स्थानीय परिकारलाई प्राथमिकता

झापा, बिर्तामोड । झापाको बिर्तामोडमा नेपाली रैथाने परिकारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘स्वाद रैथाने किचेन’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।

बिर्तामोड–२, रामचोक (मोहनमाया स्कुल पछाडि) स्थानीय उत्पादन, परम्परागत नेपाली स्वाद र गुणस्तरीय सेवालाई एउटै छानामुनि उपलब्ध गराउने लक्ष्यसहित किचेनले आफ्नो सेवा सुरु गरेको हो।

शुभारम्भसँगै किचेनले ग्राहकका लागि विभिन्न नेपाली खानाका परिकार, खाजा तथा पेय पदार्थ उपलब्ध गराउन थालेको छ। यहाँ घरमै पकाइने स्वादको अनुभूति दिलाउने परिकारलाई विशेष प्राथमिकता दिइएको सञ्चालकले बताएका छन्। नेपाली मौलिक खानाको संरक्षण र प्रवर्द्धनसँगै स्थानीय कृषकले उत्पादन गरेका खाद्य सामग्रीको प्रयोगलाई समेत प्राथमिकतामा राखिएको जनाइएको छ।

किचेनमा दाल–भात–तरकारी, ढिँडो–गुन्द्रुक, सेलरोटी, मःम, चाउमिन, चिया, खाजा लगायतका विभिन्न परिकार स्वच्छ र गुणस्तरीय रूपमा तयार गरी ग्राहकलाई सेवा दिइने व्यवस्था गरिएको छ। परिवार, साथीभाइ तथा समूहमा बसेर स्वादिलो भोजन गर्न मिल्ने आरामदायी वातावरण तयार गरिएको सञ्चालकको भनाइ छ।

 

ग्राहकको सुविधालाई ध्यानमा राख्दै होम डेलिभरी सेवा समेत सुरु गरिएको छ। बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने किचेनमा पार्टी, बैठक, जन्मदिन, पारिवारिक जमघट तथा अन्य विशेष अवसरका लागि स्पेसल क्याबिन हल पनि उपलब्ध रहेको जनाइएको छ।

स्थानीय परिकारप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै सञ्चालनमा आएको ‘स्वाद रैथाने किचेन’ले नेपाली खानाको मौलिक पहिचानलाई जोगाउँदै स्थानीय पर्यटनलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ। सञ्चालकका अनुसार आगामी दिनमा थप रैथाने तथा परम्परागत नेपाली परिकारलाई मेनुमा समावेश गर्दै ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गरिनेछ।

‘घरको स्वाद, गाउँको माया’ भन्ने नारासहित नेपाली परम्परागत खानालाई प्रवर्द्धन गर्दै खुलेको स्वाद रैथाने किचेनले स्थानीय उत्पादन, स्थानीय परिकार र नेपाली खानाको पहिचानलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेडद्वारा युवा खेलाडीलाई फुटबल बुट वितरण

  झापा । झापाको चर्चित एवं प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबले नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्ने उद्द...

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता ...

कन्काई स्पोर्टिङ्ग ब्याङडाँडा च्यालेन्ज कपको फाइनलमा, उपाधिका लागि बिर्तामोडसँग खेल्ने

  बिर्तामोड झापा ।। आयोजक ब्याङडाँडा फुटबल क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दै कन्काई स्पोर्टिङ क्लब  प्रथम ब्याङडाँडा च्या...

बिर्तामोड युनाइटेड ब्याङडाँडा च्यालेन्ज कपको फाइनलमा

  बिर्तामोड झापा ।।  बिर्तामोड युनाइटेड झापा प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८३ को फाइनलमा प्रवेश गरेको ...