Skip to main content

साझा अक्षर

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

 

बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उत्कृष्ट साथ र सकारात्मक प्रतिक्रियासँगै सफल प्रदर्शन गरिरहेको छ। मौलिक नेपाली परिवेश, समाजको यथार्थ, प्रेम, परिवार र मानवीय सम्बन्धको गहिरो भावलाई समेटिएको यो चलचित्र  डाक्टर भोला रिजालद्वारा लिखित पुरानो नीति नाटकको कथावस्तु लिएर निर्माण गरिएको हो।

चलचित्रमा रहेका कलाकारहरूको  सशक्त र जीवन्त अभिनयले कथालाई थप प्रभावशाली बनाएको छ। मुख्य भूमिकामा रहेका कलाकारहरूले आ–आफ्नो पात्रलाई न्याय गर्दै दर्शकको मन जित्न सफल भएका छन्। निर्देशकको संवेदनशील र परिपक्व निर्देशनले कथावस्तुलाई जीवन्त बनाएको छ भने चलचित्रका प्रत्येक पात्र, दृश्य र संवादले दर्शकलाई अन्तिमसम्म बाँधेर राख्न सफल भएको प्रतिक्रिया प्राप्त भइरहेको छ।

देशका अधिकांश चलचित्र हलमा चलचित्रले उत्साहजनक व्यापार गरिरहेको छ भने धेरै स्थानमा हाउसफुल शोसमेत भइरहेको छ। विदेशमा रहेका नेपाली दर्शकबाट पनि चलचित्रले राम्रो साथ पाइरहेको निर्माण पक्षले जनाएको छ  देशका विभिन्न हलहरूमा चलचित्र रिलिज भइरहँदा चलचित्रप्रति दर्शकको आकर्षण दिनप्रतिदिन बढ्दै गएको देखिन्छ।

चलचित्र प्रदर्शनसँगै फिल्म युनिट पूर्वका विभिन्न शहरहरूको भ्रमणमा रहेको छ। सह निर्देशक गिरिराज घिमिरे चलचित्रमा ठुलेको भूमिकामा रहेका अभिनेता अरुण क्षेत्री र  उथलीको अभिनयमा रहेकी अभिनेत्री सिम्रन खड्का चलचित्र हलमै पुगेर दर्शकसँगै बसेर चलचित्र हेर्ने, उनीहरूको प्रत्यक्ष प्रतिक्रिया सुन्ने तथा अन्तरक्रिया गर्ने कार्यक्रमलाई निरन्तरता दिइरहेका छन्। दर्शकसँगको आत्मीय भेटघाटले चलचित्रप्रतिको उत्साह अझ बढाएको निर्माण टोलीको विश्वास छ।

यसैक्रममा आज झापाको बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका सह निर्देशक,  गिरिराज घिमिरे अभिनेता अरुण क्षेत्री र अभिनेत्री  सीम्रन खड्ले दर्शकले ‘गौथली’लाई दिएको माया, साथ र सकारात्मक प्रतिक्रियाप्रति हार्दिक धन्यवाद व्यक्त गरे। उनीहरूले चलचित्र हेरिसकेका दर्शकलाई आफ्नो अनुभव अरूसँग पनि बाँड्न आग्रह गर्दै अझै चलचित्र हेर्न बाँकी रहेका दर्शकलाई नजिकको चलचित्र हलमा पुगेर ‘गौथली’ हेरी नेपाली चलचित्रलाई साथ दिन अनुरोध गरेका छन्।

चलचित्रमा अर्पण क्षेत्री ठुले सिम्रन खड्का गौथली का साथै मदन कृष्ण श्रेष्ठ प्रकाश घिमिरे मिथिला शर्मा सरोज खनाल र रवीन्द्र झा को जीवन्त अभिनय देख्न सकिन्छ।

मौलिक नेपाली कथा, उत्कृष्ट निर्देशन, सशक्त अभिनय र भावनात्मक प्रस्तुतिका कारण ‘गौथली’ अहिले नेपाली चलचित्र क्षेत्रमा चर्चित र सफल प्रदर्शनरत चलचित्रका रूपमा स्थापित हुँदै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...