Skip to main content

साझा अक्षर

मङ्गलबारे खुल्ला नकआउट फुटबल प्रतियोगिता साउन २८ देखि, खेलतालिका सार्वजनिक

 

झापा । मङ्गलबारे युनाइटेड युथ क्लब, बुद्धशान्ति–४, झापाको आयोजनामा मङ्गलबारे खुल्ला नकआउट फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। प्रतियोगिता साउन २८ गतेदेखि भदौ ४ गतेसम्म बुद्धशान्ति–४ स्थित मङ्गलबारे खेलमैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ।

आयोजकले प्रतियोगितामा सहभागी टोलीहरूको खेलतालिका (टाइ–सिट) समेत सार्वजनिक गरेको छ। सार्वजनिक खेलतालिका अनुसार साउन २८ गते पहिलो क्वार्टरफाइनलमा डीएफसी बाहुनडाँगी र धाइजन चारआली एफसी बीच प्रतिस्पर्धा हुनेछ। साउन २९ गते दोस्रो क्वार्टरफाइनलमा मङ्गलबारे युनाइटेड र गौरादह–५ आमनेसामने हुनेछन्।

यस्तै, साउन ३० गते तेस्रो क्वार्टरफाइनलमा धुलाबारी फुटबल क्लब र जलथल फुटबल क्लब भिड्नेछन् भने साउन ३१ गते चौथो क्वार्टरफाइनलमा बुधबारे फुटबल क्लब र निदी आदर्श बिर्तामोड बीच खेल हुनेछ।

क्वार्टरफाइनलका विजेता टोलीहरूबीच भदौ १ गते पहिलो सेमिफाइनल तथा भदौ २ गते दोस्रो सेमिफाइनल खेलाइनेछ। प्रतियोगिताको फाइनल खेल भदौ ४ गते मङ्गलबारे खेलमैदानमा हुनेछ। सबै खेलहरू दिउँसो ३ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन्। साथै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा प्रतियोगिताकै उत्कृष्ट खेलाडीलगायत विधागत उत्कृष्ट खेलाडीहरूलाई नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

स्थानीय स्तरमा रहेका प्रतिभावान खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै गाउँ–गाउँमा फुटबल खेलको विकास र विस्तार गर्ने मुख्य उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ। यस प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरणमा खेल्ने अवसर सिर्जना गर्नुका साथै नयाँ प्रतिभाको पहिचान र प्रोत्साहनमा समेत टेवा पुग्ने विश्वास आयोजकको छ।

प्रतियोगितालाई भव्य र सफल बनाउन विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, सामाजिक अभियन्ता, व्यवसायी, खेलप्रेमी तथा शुभेच्छुकहरूलाई आवश्यक सहयोगका लागि आयोजकले आग्रह गरेको छ। साथै प्रतियोगितामा दर्शकहरूको उल्लेखनीय सहभागिताका लागि समेत आयोजकले सबै फुटबलप्रेमीलाई मङ्गलबारे खेलमैदानमा उपस्थित भई खेलाडीहरूको हौसला बढाइदिन समेत  अनुरोध गरेको छ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण गेम अफ नेपालले गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मङ्गलबारे खुल्ला नकआउट फुटबल प्रतियोगिता साउन २८ देखि, खेलतालिका सार्वजनिक

मङ्गलबारे खुल्ला नकआउट फुटबल प्रतियोगिता साउन २८ देखि, खेलतालिका सार्वजनिक

  झापा । मङ्गलबारे युनाइटेड युथ क्लब, बुद्धशान्ति–४, झापाको आयोजनामा मङ्गलबारे खुल्ला नकआउट फुटबल प्रतियोगिता–२०८३ आयोजना ...
बिर्तामोड युनाइटेड काँकरभिट्टा च्याम्पियन्स कपको फाइनलमा उपाधिका लागि एपीएफ पकलीसँग खेल्ने

बिर्तामोड युनाइटेड काँकरभिट्टा च्याम्पियन्स कपको फाइनलमा उपाधिका लागि एपीएफ पकलीसँग खेल्ने

काँकरभिट्टा साउन १४।। आशिष चापागाईंको उत्कृष्ट प्रदर्शनमा बिर्तामोड युनाइटेड झापाले काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्...
गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...