Skip to main content

साझा अक्षर

शकुन्तला कार्कीको ‘तीज आयो गाउँशहर देशैमा’ बोलको तीज गीत सार्वजनिक, 

 

झापा साउन १९ ।। नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिँदै जाँदा तीजका गीत–संगीतले पनि बजार तताउन थालेका छन्। पछिल्ला केही वर्षयता तीज गीतका नाममा अत्यधिक भड्किला, मौलिक संस्कृतिभन्दा टाढा पुगेका गीतहरू बढिरहेका बेला पूर्वेली गायिका शकुन्तला कार्कीले नेपाली नारीहरूको दुःख, पीडा, संघर्ष र संवेदनालाई समेटिएको मौलिक तीज गीत ‘तीज आयो गाउँशहर देशैमा’ सार्वजनिक गर्नुभएको छ।

शकुन्तला कार्कीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले तीजको वास्तविक मर्मलाई उजागर गर्ने प्रयास गरेको छ। नेपाली समाजमा तीज केवल रमाइलो, नाचगान र सजावटको पर्व मात्र नभई महिलाहरूले आफ्नो मनभित्रका दुःख, वेदना, आशा, संघर्ष र जीवनका भोगाइ गीतमार्फत पोख्ने सांस्कृतिक अवसरका रूपमा स्थापित रहेको सन्देश गीतले दिन खोजेको छ।

गीतमा गायिका शकुन्तला कार्कीको समधुर स्वर रहेको छ भने शब्द तथा लय दीपक शर्माको रहेको छ। संगीत संयोजन नरेन्द्र बियोगीले गर्नुभएको हो। वेब स्टुडियो, काठमाडौंमा रेकर्ड गरिएको गीतको निर्माण शकुन्तला कार्कीतोण बस्नेतले गर्नुभएको हो।

म्युजिक भिडियोमा गायिका कार्कीकी छोरी दिया बर्तौला, युनिशा बस्नेत, सरिता कार्कीउपासना कार्कीको अभिनय रहेको छ। कलाकारहरूको स्वाभाविक प्रस्तुतिले गीतको भावलाई अझ जीवन्त बनाएको छ।

पछिल्लो समय तीजका नाममा मौलिकता हराउँदै जाने,  आधुनिकताका नाममा , तडकभडकले नेपाली लोकगीत–संगीतको मौलिक पहिचानमाथि प्रश्न उठिरहेका बेला ‘तीज आयो गाउँशहर देशैमा’ले भने संस्कृतिको वास्तविक स्वाद दिलाउने प्रयास गरेको छ। तीज गीतमा नेपाली महिलाको दुःख, कष्ट, पीडा, आशा, संघर्ष, माइतीप्रतिको माया र सामाजको यथार्थ मिसिएको हुनुपर्छ भन्ने मान्यतालाई गीतले बलियो रूपमा प्रस्तुत गरेको छ।

गायिका शकुन्तला कार्कीका अनुसार तीज पर्व नेपाली संस्कृति र परम्परासँग गाँसिएको अमूल्य सम्पदा भएकाले गीत–संगीतमार्फत त्यसको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले यो गीत तयार पारिएको हो। उहाँ हाल लोक तथा दोहोरी गीत प्रतिष्ठान, कोशी प्रदेशकी महिला सचिवसमेत हुनुहुन्छ।

मौलिक लोकसंस्कृतिको संरक्षण आजको आवश्यकता हो। संस्कृति बिर्साउनेभन्दा संस्कृति सम्झाउने, विकृति फैलाउनेभन्दा मूल्य मान्यता र परम्परा जोगाउने यस्ता सिर्जनाले नेपाली लोकगीत–संगीतलाई अझ जीवन्त बनाउने विश्वास गरिएको छ। तीजको वास्तविक आत्मालाई उजागर गर्ने यस्ता गीतहरूले नेपाली समाजको मौलिक पहिचान जोगाउँदै नयाँ पुस्तालाई आफ्नै संस्कृति र परम्पराप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

गीत हेर्नका लागि तलको लिङ्क थिच्नुहोला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेडद्वारा युवा खेलाडीलाई फुटबल बुट वितरण

  झापा । झापाको चर्चित एवं प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबले नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्ने उद्द...

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता ...

कन्काई स्पोर्टिङ्ग ब्याङडाँडा च्यालेन्ज कपको फाइनलमा, उपाधिका लागि बिर्तामोडसँग खेल्ने

  बिर्तामोड झापा ।। आयोजक ब्याङडाँडा फुटबल क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दै कन्काई स्पोर्टिङ क्लब  प्रथम ब्याङडाँडा च्या...

बिर्तामोड युनाइटेड ब्याङडाँडा च्यालेन्ज कपको फाइनलमा

  बिर्तामोड झापा ।।  बिर्तामोड युनाइटेड झापा प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८३ को फाइनलमा प्रवेश गरेको ...