Skip to main content

साझा अक्षर

गायिकाअपेक्षा शेर्पाको तीज गीत ‘झुसेबारुला’ सार्वजनिक,

​बिर्तामोड, झापा — नेपाली हिन्दु नारीहरूको महान् चाड हरितालिका तीज नजिकिँदै गर्दा बजारमा तीजका गीत-संगीतको रौनक ह्वात्तै बढेको छ। यही रौनकमा पूर्वकी चर्चित लोकगायिका अपेक्षा शेर्पाको नयाँ तीज गीत ‘झुसेबारुला’को म्युजिक भिडियो बजारमा आएको छ।

​ गीतमा गायिका अपेक्षा शेर्पाको शब्द तथा स्वर रहेको छ भने लय सङ्कलन अशोक थापाले गरेका हुन्। झापाको दमकस्थित काव्या रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको निर्माणमा मिलन सावाको विशेष सहयोग र आनन्द लोकको सहयोग रहेको छ।

​गीतको भिडियोमा गायिका अपेक्षा शेर्पा स्वयम् फिचरिङ छिन् भने उनलाई अन्य स्थानीय कलाकारहरूले अभिनय र नृत्यमा उत्कृष्ट साथ दिएका छन्। पूर्वका रमणीय धार्मिक तथा पर्यटकीय स्थलहरूमा छायाङ्कन गरिएको यस गीतको भिडियोले पूर्वाञ्चलको प्राकृतिक एवम् सांस्कृतिक सौन्दर्यलाई समेत उजागर गरेको छ।

​पछिल्लो समय तीजका नाममा भित्रिएको भद्धापन र तडकभडकका बिच ‘झुसेबारुला’ गीतले भने विशुद्ध नेपाली संस्कार र चाडको मौलिकतालाई आत्मसात् गरेको छ। गीतले तडकभडक रहित सादगीपूर्ण तरिकाले चाडबाड मनाउनुपर्छ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ।

​विशेषगरी नेपाली समाजमा हरितालिका तीजका दिन महिलाहरूले श्रीमानको दीर्घायु, सुस्वास्थ्य र पारिवारिक सुख-समृद्धिको कामना गर्दै निराहार व्रत बस्ने परम्परागत प्रसङ्गलाई गीतमा सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ।

​नेपाली समाजमा हरितालिका तीज केवल नाचगानमा मात्र सीमित नभएर नारीहरूको सुख-दुःख, वेदना र मौलिक पहिचान पोख्ने माध्यम पनि हो। विगतमा गाउँघरका आँगन र चौतारीहरूमा गाइने परम्परागत भाका तथा’ गीतहरूले नै हाम्रा नीति-नियम, संस्कार र संस्कृतिलाई पुस्तान्तरण गर्दै जीवित राखेका थिए।

​यस्तै मौलिक परम्परालाई पछ्याउँदै तयार पारिएको ‘झुसेबारुला’ गीतले पनि तीजको वास्तविक कथा, मर्म र पूर्वीय दर्शनको धर्म-संस्कृतिलाई बोकेको छ। आधुनिकताको नाममा हराउँदै गएको तीजको वास्तविक सुगन्धलाई पुनर्जीवित गराउन यस्ता सिर्जनाहरूले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

​सार्वजनिक भएको छोटो समयमै ले गीतले दर्शक तथा श्रोताको निकै राम्रो माया र प्रतिक्रिया पाइरहेको गायिका शेर्पाले जानकारी दिइन्। आफ्नो माटो र संस्कृतिको सुगन्ध बोकेको यस गीतलाई अझै धेरै दर्शक-श्रोताले मन पराउनेमा उनी पूर्ण आशावादी छिन्।

गीत हेर्नका लागि यहाँ क्लिक गर्नुहोला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

समाचार

Praktyczne wskazówki dotyczące wyboru i korzystania z BassBet zapewniają lepszą kontrolę nad Twoimi zakładami

Essential gaming tips and Lucky Hills casino experiences for seasoned players

Eenvoudige strategieën rondom IceFishingSlotgame voor maximale winstkansen

Strategic gameplay and thrilling rewards await at winbeatz casino for discerning players

छुटाउनुभयो कि ?

Praktyczne wskazówki dotyczące wyboru i korzystania z BassBet zapewniają lepszą kontrolę nad Twoimi zakładami

Praktyczne wskazówki dotyczące wyboru i korzystania z BassBet zapewniają lepszą kontrolę nad Twoimi zakładamiWybór odpowiedniej pl...

Essential gaming tips and Lucky Hills casino experiences for seasoned players

Essential gaming tips and Lucky Hills casino experiences for seasoned playersUnderstanding Game Selection and VarianceUtilizing Bo...

Eenvoudige strategieën rondom IceFishingSlotgame voor maximale winstkansen

Eenvoudige strategieën rondom IceFishingSlotgame voor maximale winstkansenInzetstrategieën voor Optimale ResultatenHet Belang van ...

Fondamentali_vantaggi_e_svantaggi_di_magius-review_it_per_unanalisi_completa_del

Fondamentali vantaggi e svantaggi di magius-review.it per unanalisi completa del servizioAffidabilità e Trasparenza delle Recensio...