Skip to main content

साझा अक्षर

भुपेनको ह्याट्रिकमा बिर्तामोड भेट्रान्स सेमीफाइनल प्रवेश


झापा । कप्तान भुपेन लिम्बुको उत्कृष्ट प्रदर्शनसँगै बिर्तामोड भेट्रान्स सालबारी मिलडाँडा भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।


मेची भेट्रान्स काँकडभिट्टालाई ३–१ गोलअन्तरले पराजित गर्दै बिर्तामोडले अन्तिम चारमा स्थान बनाएको हो। बिर्तामोडको जितमा कप्तान भुपेन लिम्बुले एक्लैले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे।
खेलको १५औँ मिनेटमा कर्नरबाट आएको बललाई हेडमार्फत गोल गर्दै भुपेनले बिर्तामोडलाई सुरुवाती अग्रता दिलाए। तर, ३२औँ मिनेटमा मेची भेट्रान्सका बिनोद लामाले बिर्तामोडका गोलकिपर मीन बस्नेतको हातबाट फुत्किएको बललाई गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए।


बराबरीपछि खेल प्रतिस्पर्धात्मक बने पनि ३७औँ मिनेटमा भुपेनले व्यक्तिगत दोस्रो गोल गर्दै बिर्तामोडलाई पुनः अग्रता दिलाए। मेचीका खेलाडीले अफसाइडको अपिल गर्दै छोडेको बलको सदुपयोग गर्दै भुपेनले उत्कृष्ट गोल गरेका थिए।
खेलको अतिरिक्त समयमा पुनः गोल गर्दै भुपेनले ह्याट्रिक पूरा गरेपछि बिर्तामोडको जित ३–१ ले पक्का भयो।
खेलमा ह्याट्रिक गरेका भुपेन खेलको प्लेयर अफ द म्याच घोषित भए। उनले नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। उनलाई नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाललगायतले पुरस्कार प्रदान गरे।


अब सेमिफाइनलमा बिर्तामोड युनाइटेड भेट्रान्सले आयोजक सालबारी मिलडाँडा भेट्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार चारपाने युनाइटेड भेट्रान्स र झिलझिले भेट्रान्सबीच भिडन्त हुनेछ।
असोज २४ गते हुने फाइनलको विजेताले नगद ५१ हजार रुपैयाँसहित ट्रफी तथा उपविजेताले ३१ हजार रुपैयाँ प्राप्त गर्नेछ। विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय रुपैयाँसहित ट्रफी प्रदान गरिने प्रतियोगिता संयोजक आकाश खतिवडाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

समाचार

Fabulous fortunes await with the dragon link slot experience for players

Arsons evolution from despair to defiance within joker fire force unfolds brilliantly

Inusual atractivo Mystake casino para jugadores exigentes y apuestas emocionantes

Notable advantages surrounding mystake enhance your online gaming experience

छुटाउनुभयो कि ?

Fabulous fortunes await with the dragon link slot experience for players

Fabulous fortunes await with the dragon link slot experience for playersUnderstanding the Mechanics of Dragon Link SlotsThe Hold a...

Arsons evolution from despair to defiance within joker fire force unfolds brilliantly

Arsons evolution from despair to defiance within joker fire force unfolds brilliantlyThe Enigmatic Past and Initial Role of JokerT...

Emocjonująca_przygoda_z_vulkan_vegas_w_świecie_wirtualnych_niespodzianek_i_nie

Emocjonująca przygoda z vulkan vegas w świecie wirtualnych niespodzianek i niezwykłych wygranychSzeroki Wybór Gier w Vulkan VegasR...

Inusual atractivo Mystake casino para jugadores exigentes y apuestas emocionantes

Inusual atractivo Mystake casino para jugadores exigentes y apuestas emocionantesUna Variedad de Juegos para Todos los GustosJuego...