Skip to main content

साझा अक्षर

टाइब्रेकरमा झिलझिलेलाई रोक्दै चारपाने फाइनलमा,


झापा असोज २२।। चारपाने युनाइटेड भेट्रान्स क्लब प्रथम सालबारी–मिलडाँडा नकआउट पुरुष भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।


बुधबार भएको पहिलो सेमिफाइनलमा चारपानेले झिलझिले भेट्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो। निर्धारित ६० मिनेटको खेल १–१ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो।


खेलको २५औँ मिनेटमा सन्तोष राईले गोल गर्दै चारपानेलाई अग्रता दिलाएका थिए। कप्तान गणेश लिम्बूको क्रस पासमा प्राप्त अवसरलाई सदुपयोग गर्दै राईले टोलीलाई अघि बढाएका हुन्।
तर दोस्रो हाफमा झिलझिलेले खेलमा फर्किने उत्कृष्ट प्रयास गर्‍यो। कप्तान जसु राईले ५०औँ मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीबाट निर्णायक गोल हुन नसक्दा खेल टाइब्रेकरतर्फ धकेलिएको थियो।


टाइब्रेकरमा चारपानेका सन्तोष राई, सुदीप श्रेष्ठ, प्रविन बिक र सुवास आङथुपोले गोल गरे। विकास थुलुङको प्रहार भने पोस्टमा लागेर फर्कियो।
झिलझिलेका रोजिन शिवाकोटी र जसु राईले मात्र गोल गर्न सके। टिकाराम खेवाङ र श्यामबहादुर इजमको प्रहार चारपानेका गोलकिपर रुपक गुरुङले उत्कृष्ट बचाउ गर्दै टोलीलाई फाइनल पुर्‍याए।


निर्णायक क्षणमा प्रभावशाली प्रदर्शन गरेका रुपक गुरुङ प्लेयर अफ द म्याच घोषित भए। उनले नगद ३ हजार रुपैयाँ प्राप्त गरे। उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले पुरस्कार प्रदान गरे।
फाइनलमा स्थान बनाएसँगै चारपानेले कम्तीमा ३१ हजार रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ।
अब उपाधिका लागि चारपानेले बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा आयोजक सालबारी–मिलडाँडा भेट्रान्स र बिर्तामोड भेट्रान्स फुटबल क्लब आमनेसामने हुँदैछन्।


असोज २४ गते हुने फाइनलको विजेताले ५१ हजार रुपैयाँसहित ट्रफी, उपविजेताले ३१ हजार रुपैयाँ प्राप्त गर्नेछ। यस्तै, विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजक समितिका संयोजक नन्दलाल खतिवडाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

समाचार

Fabulous fortunes await with the dragon link slot experience for players

Arsons evolution from despair to defiance within joker fire force unfolds brilliantly

Inusual atractivo Mystake casino para jugadores exigentes y apuestas emocionantes

Notable advantages surrounding mystake enhance your online gaming experience

छुटाउनुभयो कि ?

Fabulous fortunes await with the dragon link slot experience for players

Fabulous fortunes await with the dragon link slot experience for playersUnderstanding the Mechanics of Dragon Link SlotsThe Hold a...

Arsons evolution from despair to defiance within joker fire force unfolds brilliantly

Arsons evolution from despair to defiance within joker fire force unfolds brilliantlyThe Enigmatic Past and Initial Role of JokerT...

Emocjonująca_przygoda_z_vulkan_vegas_w_świecie_wirtualnych_niespodzianek_i_nie

Emocjonująca przygoda z vulkan vegas w świecie wirtualnych niespodzianek i niezwykłych wygranychSzeroki Wybór Gier w Vulkan VegasR...

Inusual atractivo Mystake casino para jugadores exigentes y apuestas emocionantes

Inusual atractivo Mystake casino para jugadores exigentes y apuestas emocionantesUna Variedad de Juegos para Todos los GustosJuego...