Skip to main content

साझा अक्षर

एमसिसी विरुद्ध मुलुक आन्दोलनमा 

काठमाडौँ । अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना कार्यान्वयन (इन्ट्री इन्टु फोर्स –ईआईएफ) मा प्रवेश गरेसँगै देश आन्दोलित भएको छ । 

अर्थमन्त्री प्रकाश शरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्डले ईआईएफ आदानप्रदान गरेपश्चात् परियोजना कार्यान्वयन सुरु भएको हो ।

कार्यान्वयन सम्झौताका लागि एमसीसीको सम्झौता कार्य सञ्चालन हेर्ने उपाध्यक्ष क्यामरुन एलफोर्ड मङ्गलवार नेपाल आइपुगेका छन् । कार्यान्वयनमा प्रवेश गरेको पाँच वर्षभित्र परियोजना सक्नुपर्ने हुन्छ । यस हिसाबमा यो परियोजना ०८५ सालको भदौ १२ (२९ अगस्ट ०२८) भित्र सम्पन्न गरिसक्नुपर्ने छ ।एमसिसी सम्झौता गलत भएको भन्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एम.सी.सी. जस्तो सम्झौतालाई ध्वनि मतले पारित गर्नु गलत भएको बताउनुभएको छ ।

एम.सी.सी. कार्यान्वयनको विरुद्धमा २०८० भदौ १३ गते बुधवार काठमाडौँको शान्ति वाटिकामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उहाँले यस्तो विश्लेषण गर्नुभएको हो ।

राजमो काठमाडौँको आयोजनमा सम्पन्न विरोध सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष केसीले एम.सी.सी. पारित गर्दाको समय २०७८ फागुन १५ गतेको संसद् सम्झनुभयो ।

‘मलाई अहिले पनि झलझली त्यति बेलाको याद आइरहेको छ’ उहाँले भन्नुभयो– ‘ल हेर्नुस् त, एमसीसी जस्तो राष्ट्रघाती सम्झौता पारित गर्ने ध्वनि मतबाट । त्यसका लागि हस्ताक्षर गर्नु नपर्ने, सांसदहरूको रेकर्ड राख्नु नपर्ने ।’

अध्यक्ष केसीले एम.सी.सी. अत्यन्तै हचुवाको भरमा पारित गरिएको दाबी गर्नुभयो ।

‘यता नयाँबानेश्वरमा पुलिस र देशभक्त जनताको माझमा भिडन्त भइरहेको थियो’ उहाँले भन्नुभयो– ‘उता, अमेरिकी साम्राज्यवादका मतियारहरू एमसीसी पारित गर्दै थिए, त्यो पनि ध्वनि मतबाट ।’

सम्बोधनको क्रममा जनप्रिय नेता केसीले अमेरिकी साम्राज्यवादलाई खुसी पार्न मुट्ठीभर सांसदहरूले एम.सी.सी. पारित गरेको भए पनि नेपाली जनताले पारित नगरेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो– ‘नेपाली जनताले एम.सी.सी. पारित गरेका छैनन् । त्यसैले यसलाई नेपाली जनताले कार्यान्वयन पनि गर्न दिने छैनन् भन्नेमा राष्ट्रिय जनमोर्चा ढुक्क छ ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी सहयोग परियोजना (एमसिसी) कार्यान्वयन गर्दा देशको नेतृत्व प्रचण्डभन्दा बाहेकले गरेको खण्डमा देश युक्रेन बन्ने दाबी गरेका छन्।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै बिहीबार सो दाबी गरेका हुन्। 

‘एमसिसीले जस्ता खालका प्रावधानहरू लाद्न खोजेको छ, कमरेड प्रचण्ड हुँदासम्म लड्नुहुन्छ हामीलाई त्यो विश्वास छ। तर अर्को खराब व्यक्ति कोही आउने बित्तिकै नेपाल युक्रेन बन्छ। हेरिराख्नुस्, यो षडयन्त्र हो,’ विप्लवले भने। 

सहयोग र अनुदान नेपालले पाउने कुरा स्वाभाविक भए पनि हस्तक्षेप स्वीकार नहुने पनि उनले बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

समाचार

Prácticos materiales y sankra-spain.es ofrecen bienestar duradero en cada proyecto interior

Informatie over weddenschappen maximaliseren met bet-sixtys.nl en strategieën

Umfangreiche Möglichkeiten entdecken und mit Pokerbet die eigene Gewinnstrategie perfektionieren

Uitgebreide mogelijkheden ontdek je bij spin boss casino en ervaar het zelf

छुटाउनुभयो कि ?

Prácticos materiales y sankra-spain.es ofrecen bienestar duradero en cada proyecto interior

Prácticos materiales y sankra-spain.es ofrecen bienestar duradero en cada proyecto interiorLa Importancia de los Materiales Natura...

Informatie over weddenschappen maximaliseren met bet-sixtys.nl en strategieën

Informatie over weddenschappen maximaliseren met bet-sixtys.nl en strategieënHet belang van statistische analyse bij het weddenZo ...

Umfangreiche Möglichkeiten entdecken und mit Pokerbet die eigene Gewinnstrategie perfektionieren

Umfangreiche Möglichkeiten entdecken und mit Pokerbet die eigene Gewinnstrategie perfektionierenDie Vielfalt der angebotenen Spiel...

Uitgebreide mogelijkheden ontdek je bij spin boss casino en ervaar het zelf

Uitgebreide mogelijkheden ontdek je bij spin boss casino en ervaar het zelfHet Spelaanbod van Spin Boss CasinoProgressieve Jackpot...