Skip to main content

साझा अक्षर

 देशको राजनीतिमा तीन ओटा खतरा छन्  ः सिँह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन विक्रम सिंहले अहिले देशको राजनीतिमा तीन वटा खतरा भएको बताउनुभयो । २०८० भदौ १६ गते शनिवार “यो हो टेलिभिजन” मा पत्रकार जीवराम भण्डारीसँग कुरा गर्दै वहाँले सो धारणा राख्नुभएको हो । 

महामन्त्री सिंहले भन्नुभयो,  ‘पहिलो खतरा,  प्रतिगमनको खतरा हो । त्यो राजतन्त्रको खतरा हो ।’ 

टेलिभिजन पत्रकारसँग कुरा गर्दै वहाँले बताउनुभयो, ‘नेपाली जनताले लामो समय सङ्घर्ष गरेर नेपालमा राणा शासन खतम पारे । निरङ्कुश पञ्चायती शासन खतम पारे । राजतन्त्र खतम पारे । तर प्रत्येक देशको इतिहासमा हामी यो पाउँछौँ , एक पल्ट सत्ताच्यूत भएपछि प्रतिक्रियावादी शक्तिहरू फेरि सत्तामा आउने प्रयास गरिराखेका हुन्छन् । त्यो प्रयत्न नेपालमा पनि भइराखेको छ । अहिले राजावादीहरूले सत्तामा आउन हिन्दु धर्मको आड लिइरहेका छन् ।’

 नेता सिंहले अगाडि भन्नु भयो, ‘देशमा गणतन्त्र आएको छ । धर्मनिरपेक्षता आएको छ । त्यसको रक्षाका लागि यसको पक्षमा आउने शक्तिसँग हाम्रो सहकार्य कायम भएको छ । काङ्ग्रेससँग, माओवादीसँग अहिले हामीले मोर्चा बन्दी गरेका छौँ, त्यसको मुख्य उद्देश्य राजतन्त्रको खतरा, प्रतिगमनको खतराको विरुद्ध एकताबद्ध भएर सङ्घर्ष गर्नु हो ।’

महामन्त्री सिंहले अगाडि भन्नु भयो, ‘देशमा अर्को खतरा पनि छ । त्यो राष्ट्रियतामाथिको खतरा हो । भारतीय साम्राज्यवादबाट छ त्यो खतरा । कालापानीमा उसले कब्जा गरिराखेको छ । नेपालको सिमानाका कैयौँ स्थानमा अतिक्रमण गरेको छ । मधेसलाई टुक्राउन कोसिस गरिराखेको छ । नेपालमा राजनीतिक हस्तक्षेप गरिराखेको छ । यसरी सम्पूर्ण रूपमा नेपालमाथि आफ्नो प्रभुत्व कायम गर्न प्रयत्न गरिरहेको छ । यो राष्ट्रियताको प्रश्न हो । राष्ट्रियताको प्रश्नमा हाम्रो काङ्ग्रेससँग, माओवादीसँग कार्यगत एकता हुन सकेको छैन किनभने उनीहरूले यसबारे स्पष्ट र दृढ नीति अपनाएका छैनन् ।’

तेस्रो खतरा प्रति लक्षित गर्दै वहाँले भन्नुभयो, ‘नेपालमा अमेरिकी साम्राज्यवादको खतरा गम्भीर रूपमा बढेर गएको छ । अमेरिकी साम्राज्यवादले हिन्द प्रशान्त रणनीतिभित्र नेपाललाई सामेल गरेर चीनमाथि आक्रमण गर्न नेपाली भूमिलाई उपयोग गर्नका लागि योजनाबद्ध प्रकारले काम गरिरहेको छ । पहिले अमेरिका भारतको माध्यमबाट, नेपालका राजनीतिक पार्टीको माध्यमबाट आउने गर्दथ्यो । अब त्यो सिधै आउन थालेको छ । पार्टी बनाएर आउन थालेको छ ।’

वहाँको धारणा थियो, ‘अमेरिकी साम्राज्यवादका विरुद्ध या भारतीय साम्राज्यवादका विरुद्ध काङ्ग्रेस र माओवादीसित हाम्रो कार्यगत एकता हुन सकिराखेको छैन किनकि त्यसप्रति उनीहरूको झुकाव छ । तर गणतन्त्रको प्रश्नमा, धर्मनिरपेक्षताको प्रश्नमा उनीहरूले स्पष्ट नीति अपनाइरहेका छन् अहिलेसम्म । यो स्थितिमा कम्युनिस्ट पार्टीको सिद्धान्तअनुसार आवश्यक परेको बेलामा संयुक्त मोर्चाको नीति अपनाइएको छ । त्यस कारण यो हाम्रो सैद्धान्तिक मान्यताअनुसार छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Elementi sorprendenti nel gioco dazzardo con crazy time e puntate innovative per tutti

Elementi sorprendenti nel gioco dazzardo con crazy time e puntate innovative per tuttiIl fascino della ruota e i moltiplicatori ca...

বিনোদনপূর্ণ কৌশলগুলি যাচাই করুন crazy time, যা আপনার ভাগ্য পরিবর্তন করতে পারে

বিনোদনপূর্ণ কৌশলগুলি যাচাই করুন crazy time, যা আপনার ভাগ্য পরিবর্তন করতে পারেক্র্যাজি টাইমের পেছনের কৌশল এবং আকর্ষণগুণক এবং বাজির ...

Vibrant_connections_await_meet_new_people_near_me_for_lasting_friendships_and_ex

Vibrant connections await meet new people near me for lasting friendships and experiencesFinding Local Groups and ClubsDiving into...

Wonderful_spaces_from_concept_to_completion_with_inspiring_home_decor_ideas

Wonderful spaces from concept to completion with inspiring home decor ideasUnderstanding Color Psychology in Interior DesignLayeri...