साझा अक्षर

बिर्तामोडको होटल मा एक ब्यक्ती मृत फेला

बिर्तामोड असार २ ।। झापाको बिर्तामोड मुक्ती चोक पूर्व मुख्य राजमार्ग छेउमै रहेको पाथिभरा होटल एन्ड लजमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

इलाम सूर्योदय नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी ३८ वर्षका कर्म शेर्पा होटलभित्र झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मलेसियाबाट फर्केर उनी जेठ २८ गतेदेखि सो होटलमा बसेका थिए ।

होटलको बन्द कोठाभित्रबाट दुर्गन्ध आएपछि हिजो बेलुका ढोका फोडेर हेर्दा झुन्डिएको अबस्थामा उनी भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले बताए ।

शेर्पाले केही दिनअगाडि नै झुन्डिएर  आत्महत्या  गरेको हुनसक्ने आशंका गरिएको छ । मृतकका आफन्त बोलाई शवको सर्जमिन गरी पोस्टमार्टममा पठाउने तयारी गरिएको डिएसपी विष्टले जानकारी दिए । मृतक शेर्पाका श्रीमती र नाबालक सन्तान रहेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...
जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...