Skip to main content

साझा अक्षर

टिपरले ठक्कर दिँदा आमाको मृत्यु, ९ वर्षीय छोरा घाईते

 

उर्लाबारी असार १८।। मोरङको उर्लाबारीमा सोमबार साँझ टिपरले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने उनका ९ वर्षीय छोरा घाइते भएका छन्।

बागमती प्रदेश ०३–००१ क १०९० नम्बरको टिपरले प्रदेश १–०१–०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार उर्लाबारी–६ की २७ वर्षीया सीता बोहोराको मृत्यु भएको हो। उनका छोरा प्रशान्त घाइते छन्।

तीव्र गतिमा रहेको टिपरको ठक्करबाट घाइते बोहोराको उपचारका क्रममा मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवम् ट्रमा सेन्टरमा साँझ साढे सात बजे मृत्यु भएको मोरङ प्रहरीका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले वताए।

प्रशान्तको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भईरहेको छ।  छोरालाई स्कुटरमा पछाडि राखेर तरकारी किन्न निस्किएकी सीता करिव ७ बजे दुर्घटनामा परेकी हुन।

टिपर चालक मोरङको मिक्लाजुङ–३ का ४२ वर्षीय लालबहादुर लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ। घटनापछि उर्लाबारीमा स्थानीयले प्रहरी कार्यालयअघि प्रदर्शन गरेका थिए। ढुंगामुढा र सडकमा टायर बालेर विरोध गरेको प्रहरी भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Experiências únicas e 1win para um mundo de entretenimento digital completo

Experiências únicas e 1win para um mundo de entretenimento digital completoA Evolução das Plataformas de Entretenimento DigitalA I...

Finanční_trh_a_moderní_mostbet_platforma_pro_bezpečné_investice_online

Finanční trh a moderní mostbet platforma pro bezpečné investice onlineAnalýza finančních trhů a role moderních platforemDůležitost...

Efektywność inwestycji i platformazywnosciowa.com.pl – jak zoptymalizować wyniki w dynamicznym otoczeniu biznesowym

Efektywność inwestycji i platformazywnosciowa.com.pl – jak zoptymalizować wyniki w dynamicznym otoczeniu biznesowymAnaliza Danych ...

Essential guidance around aviator.org.in delivers potential for soaring rewards and calculated gameplay

Essential guidance around aviator.org.in delivers potential for soaring rewards and calculated gameplayUnderstanding the Core Mech...