Skip to main content

साझा अक्षर

बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ

 

चितवन असार १९॥ बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् । यही असार १ गते साँझ कालिका नगरपालिका–६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा पसलका सञ्चालकसहित पाँच जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, पक्राउ पर्नेमा विनोद सुनचाँदी पसलका सञ्चालक कालिका नगरपालिका–६ का ३५ वर्षीय विनोद सुनार, चोरी गर्न सहयोग गर्ने पसलका व्यवस्थापक कालिका नगरपालिका–७ का २५ वर्षीय विजय विश्वकर्मा, चोरी गर्ने म्याग्दी गाउँपालिका–७ का ५० वर्षीय पूर्णबहादुर विश्वकर्मा र बारागढी नगरपालिका–४ का १८ वर्षीय पवनकुमार पासवान एवं चोरी भएको सामान लुकाउन सहयोग गर्ने कालिका–६ का ४२ वर्षीय अञ्जना पुडासैनी केसी रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पसल सञ्चालक विनोद स्वयंले झुटा चोरी तथा लुटपाट गर्ने योजना बनाई बीमा रकम ठगी तथा विभिन्न व्यक्तिबाट लिएको ऋण रकम चोरी भएको देखाइ जालसाजी गरी फाइदा लिने मनसायले लुटपाट गर्न लगाएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भावेष रिमालले बताए । बीमा दाबी गर्नका लागि पसल सञ्चालक आफैँले घटना गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाउँदै उनले मोटरसाइकलमा चोरी गर्न आउने व्यक्तिलाई प्रलोभनमा पारेर घटना गराएको देखिएको बताए ।

धारिलो हतियार खुकुरी र चक्कु घाँटीमा राखी डरत्रास देखाइ पसलबाट दुई करोड १७ लाख ५४ हजार चार सय १५ रुपैयाँबराबरको सुनचाँदीका गहना चोरी भएको पसल सञ्चालकले दाबी गरेका थिए । चोरी भएको सुनको गुणस्तर परीक्षण हुन बाँकी छ । पक्राउ परेका माथि थप अनुसन्धान गर्न प्रहरीले चितवन जिल्ला अदालतबाट ६ दिनको म्याद पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

समाचार

Fabulous fortunes await with the dragon link slot experience for players

Arsons evolution from despair to defiance within joker fire force unfolds brilliantly

Inusual atractivo Mystake casino para jugadores exigentes y apuestas emocionantes

Notable advantages surrounding mystake enhance your online gaming experience

छुटाउनुभयो कि ?

Experiências_detalhadas_com_topbet_revelam_oportunidades_incríveis_para_novos

Experiências detalhadas com topbet revelam oportunidades incríveis para novos jogadoresA Diversidade do Universo de Apostas na top...

Glücksmomente_entstehen_mit_88-fortunes-slot_de_in_spannender_Unterhaltung_und

Glücksmomente entstehen mit 88-fortunes-slot.de in spannender Unterhaltung und hoher QualitätDie Vielfalt des Angebots bei 88-fort...

Fabulous fortunes await with the dragon link slot experience for players

Fabulous fortunes await with the dragon link slot experience for playersUnderstanding the Mechanics of Dragon Link SlotsThe Hold a...

Arsons evolution from despair to defiance within joker fire force unfolds brilliantly

Arsons evolution from despair to defiance within joker fire force unfolds brilliantlyThe Enigmatic Past and Initial Role of JokerT...