Skip to main content

साझा अक्षर

शनिश्चरे अस्पतालमा शल्यक्रिया सेवा सुरु ,तीन सय परिवारलाई निःशुल्क स्वास्थ्य बीमा

 

अर्जुनधारा असार २०॥ अर्जुनधारामा रहेको शनिश्चरे अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ । शल्यक्रिया सेवाको बिहीबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेका छन् ।नगर अस्पतालमा अत्याधुनिक उपकरण जडान भएसँगै सुविधासम्पन्न शल्यक्रिया सेवा सुरु भएको हो । गुणस्तरीय सेवा प्रदान गर्नका लागि दक्ष जनशक्ति र उपकरणको जडानसँगै सेवा सुरु गरिएको नगरप्रमुख बलदेवसिंह गोम्देनले जानकारी दिए ।

शल्यक्रियासहितको आमा तथा नवजात सिसु सुरक्षा कार्यक्रम तथा विस्तारित शल्यक्रिया सेवा’ सञ्चालन भएको छ ।

नगरप्रमुख गोम्देनले लामो समयको प्रयासपछि शल्यक्रिया सेवा सुरु गर्न सकेको बताए । उनले अर्जुनधाराका नागरिकलाई उच्चस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिका क्रियाशील रहेको बताए ।

उपकरण खरिदमा यस क्षेत्रका सांसदसमेत रहेका सभामुख घिमिरे र उनको सचिवालयले प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिए ।

अब शनिश्चरे अस्पतालमा सबैखालको उपचार गर्न सक्ने प्रविधि र जनशक्ति उपलब्ध रहेको गोम्देनको भनाइ छ । उनले शनिश्चरे अस्पतालमा उपचारका लागि आउन सबैमा आग्रह पनि गरेका छन् ।

तेस्तै अर्जुनधारा नगरपालिकाले विपन्न आर्थिक अवस्थाका तीन सय परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।

नगरप्रमुख बलदेवसिंह गोम्देनको पहलमा विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्न लागिएको हो । गोम्देनको अनुरोधमा विभिन्न दाताहरुले २०० परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गर्न तयार रहेको जानकारी उनले दिए ।‘इच वान हेल्प वान’ अभियानअन्तर्गत नगरले २०० परिवारलाई बीमा शुल्कबापतको ३ हजार ५०० रुपैयाँ प्रतिपरिवारको दरले उपलब्ध गराउने सहमति गरिएको उनले बताए ।

गोम्देन आफैँले दिवंगत मातापिताको स्मरणमा १०० परिवारको बीमा गरिदिने घोषणा गरेको जानकारी उनले दिए ।

आधारभूत स्वास्थ्य सेवाबाट नगरका कुनै नागरिक बञ्चित हुनु हुँँदैन भन्दै गोम्देनले सहयोगी दाताहरुसँग सहकार्य गरेर नगरका अझ धेरै विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने वातावरण बनाउने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...