साझा अक्षर

वुमन्स एशिया कप क्रिकेट, नेपालको सान्दार जीत यूएई ६ विकेटले पराजित

एसीसी वुमन्स एशिया कप क्रिकेटअन्तर्गत आज भएको आफ्नो पहिलो खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको छ। नेपालले ३ ओभर ५ बल खेल्न बाँकी रहँदै ४ विकेटको क्षतिमा ११८ रन बनाएर खेल जित्यो।

नेपालका लागि सम्झना खड्काले धुवाँधार ब्याटिङ गर्दै अर्धशतक बनाइन्। उनले ३५ बलमा अविजित ७२ रन बनाइन्। उनले ११ चौका प्रहार गरिन्।

टी-२० अन्तरराष्ट्रियमा यो सम्झनाको पहिलो अर्धशतक हो भने नेपाली महिला खेलाडीको सर्वाधिक स्कोर पनि हो। अर्को छेउमा ७ बल खेल्दै ७ रन बनाएर पूजा महतो अविजित रहिन्।

नेपालको स्कोर ५ ओभर १ बलमा ३९ रन हुँदा पहिलो विकेटका रुपमा ओपनर सीता रानामगर आउट भइन्। उनले १७ बल खेलेर एक चौका हान्दै ७ रन बनाइन्। उनलाई कविशा एगोदागेको बलमा वैष्णवी महेशले क्याच आउट गरिन्।

दोस्रो विकेटका रुपमा १० बलको सामना गरेर २ रन बनाएकी कविता कुँवर आउट भइन्। ७ ओभर ३ बलमा उनलाई एगोदागेले हतचन्दानीको हातबाट क्याच आउट गराउँदा नेपालको स्कोर ५१ रन थियो।

कप्तान इन्दु वर्माले १० बलमा ६ रन बनाएर आउट हुँदा नेपालको कुल स्कोर ११ ओभर १ बलमा ७४ रन थियो। यूएईकी लावन्या केनीको बलमा इशा ओजाले वर्माको क्याच समातिन्।

यसपछि क्रिजमा उत्रिएकी नेपालकी पूर्वकप्तान रुबिना क्षेत्री पनि धेरैबेर अडिन सकिनन्। ८ बलमा एक चौकाको सहायताले १० रन बनाएकी उनलाई कविशा एगोदागेले बोल्ड गरिन्। चौथो विकेट खस्दा नेपालले १३ ओभर ३ बलमा ८९ रन बनाएको थियो। नेपालले १४ अतिरिक्त रन पायो।

यूएईले ८ बलरलाई बलिङ गराए पनि २ जनाले मात्र विकेट लिन सफल भए। उसका लागि कविशा एगोदागेले ४ ओभरमा एक ओभर मेडन राख्दै १२ रन ३ विकेट लिइन् भने इशा ओजाले १ विकेट लिइन्।

पहिले ब्याटिङ गरेर यूएईले नेपालसामु जितका लागि ११६ रनको लक्ष्य तेर्स्याएको थियो।

श्रीलंकाको रंगिरि डाम्बुला अन्तरराष्ट्रिय रंगशालामा टस हारेर शुरुवाती ब्याटिङमा तानिएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनायो।

यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रनको योगदान गरिन् । कविशा एगोडागेले २२ तथा समीरा धरणिधर्कले १३ रनको योगदान गरिन्।

कप्तान ईशा रोहित ओजा १०, तीर्थ सतीश र हिना हतचन्दानीले ९/९ रन बनाउँदा रिनिता राजित ६ रनमा पवेलियन फर्किइन्।

नेपालका लागि इन्दु वर्माले सर्वाधिक ३ विकेट तथा सबनम राई र कृतिका मरासिनीले १/१ विकेट हात पारे।

प्रतियोगिताअन्तर्गत आजै भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ।

प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागिता रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

  झापाको मेचीनगर–१३ चारआलीमा जारी प्रथम चाराली गोल्ड कप फुटबल प्रतियोगितामा जित निकाल्दै बगान युथ क्लब झापा फाइनल प्रवेश ग...
आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

चारआली, झापा । आयोजक चाराली युथ क्लब  जारी प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ...
प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...