Skip to main content

साझा अक्षर

सेन नदीमा ओलम्पिकको भव्य समुद्घाटन

 

एजेन्सी।। सुन्दर सेन नदीमा डुंगामा परेड गर्दै र पुरानो परम्पराबाट पछि हट्दै ३३औँ ओलम्पिक खेलकुद पेरिसमा भव्य उद्घाटन भएको छ । उद्घाटन समारोहमा शुक्रबार फ्रान्सले आफ्नो सांस्कृतिक विविधता, क्रान्तिको इतिहास र भव्य वास्तुकलाको सम्पदा विश्वसामु प्रस्तुत गर्यो ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र अन्तर्राष्ट्रिय ओलम्पिक समितिका प्रमुख थोमस बाख एक साथ थिए । फ्रान्सेली फुटबलर महान जिनेदिन जिदानलाई एक पूर्व रेकर्ड गरिएको भिडियोमा ओलम्पिक टर्च लिएर पेरिसको सडकमा दौडिएको देखाइएको थियो ।

ओस्टरलिज ब्रिजबाट सुरु भएको छ किलोमिटर परेडमा २०६ देशका ६ हजार ८ सयभन्दा बढी खेलाडी र ८५ वटा डुङ्गामा शरणार्थी ओलम्पिक टोलीलाई लिएर गएको थियो । टोलीहरू फ्रान्सको वर्णमाला क्रममा आइपुगे । पहिलो ओलम्पिक खेलकुदका पिता ग्रीसको टोली आयो, त्यसपछि शरणार्थी टोली ।

ने

पाली समय अनुसार शुक्रबार राति पौने १२ बजे सुरु भएको उद्घाटन समारोहमा नेपाली टोली १३१ औं स्थानमा रहेको थियो । नेपालका टेबलटेनिस खेलाडी श्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठले राष्ट्रिय झन्डा फर्फराएका थिए । ओलम्पिकमा विजेतालाई दिइने गोल्ड मेडल ४५५ देखि ५२९ ग्रामको रहेको बताइएको छ । गोल्ड मेडलमा ९८ ।५ प्रतिशत चाँदी र १ ।१३ प्रतिशत सुन मिलाएर बनाइएको छ ।

त्यस्तै यस ओलम्पिकमा विश्वभरबाट ४५ हजार स्वयंसेवकलाई भर्ना गरिएको छ । पेरिस ओलम्पिक ११ अगस्टमा सकिने छ ।
यो पटकको ओलम्पिकमा नेपालबाट ६ खेलका सात खेलाडीले प्रतिनिधित्व गर्नेछन् । मार्चपासमा टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले नेपालको झन्डा बोक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...
गुणस्तरीय शिक्षासँगै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आदर्श स्कुल अफ म्यानेजमेन्ट

गुणस्तरीय शिक्षासँगै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आदर्श स्कुल अफ म्यानेजमेन्ट

बिर्तामोड, असार २९। विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आएको आदर्श स्कुल अफ म्...
स्वर्गीय सुखबीर नेमाङ स्मृति कप भलिबल प्रतियोगिता २०८३ को आय–व्यय सार्वजनिक

स्वर्गीय सुखबीर नेमाङ स्मृति कप भलिबल प्रतियोगिता २०८३ को आय–व्यय सार्वजनिक

  पाँचथर — फाल्गुनन्द गाउँपालिका–३, पौवा सारतापस्थित फाल्गुनन्द ग्रीन पिस क्लब ले आयोजना गरेको स्वर्गीय सुखबीर नेमाङ स्मृत...
बिर्तामोडमा ‘स्वाद रैथाने किचेन’ खुल्यो, स्थानीय परिकारलाई प्राथमिकता

बिर्तामोडमा ‘स्वाद रैथाने किचेन’ खुल्यो, स्थानीय परिकारलाई प्राथमिकता

झापा, बिर्तामोड । झापाको बिर्तामोडमा नेपाली रैथाने परिकारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘स्वाद रैथाने किचेन’ औपचारिक रूपमा सञ...