Skip to main content

साझा अक्षर

भारत लाई हराउँदै श्रीलंकाले उचाल्यो महिला एसिया कप क्रिकेटको उपाधि

 

बिर्तामोड साउन१३ ।। महिला एसिया कप टी २० प्रतियोगिताको उपाधि श्रीलंकाले जितेको छ । अाइतबार सम्पन्न फाइनलमा भारतविरुद्ध ८ विकेटको जीत निकाल्दै श्रीलंकाले उपाधि उचालेको हाे । १६६ रनको लक्ष्य पछ्याएको श्रीलंकाका लागि १८ औँ ओभरको चौथो बलमा काभिसा दिलहरीले छक्का प्रहार गर्दै जीत दर्ता गरेकी हुन् ।

जीतका लागि ब्याटिङतर्फ श्रीलंकाकी हर्सिता सामराविकरामाले अविजित रहँदै फाइनल खेलकै सर्वाधिक ६९ रन जोडेकी थिइन् । उनले २ छक्का र ६ चौकाको मद्दतमा ५१ बलमा सो रन जोडेकी हुन् । त्यस्तै क्याप्टेन चमारी अथपथ्थुले २ छक्का ९ चौकाको मद्दतमा ६१ रन जोडेकी थिइन् ।

खेलको सुरुवातमा भिसमी गौनरन्तेलाई गुमाएको श्रीलंकन् महिला खेलाडी त्यसपछि भने डटेर भारतीय बलिङको सामना गरेका थिए । दुई खेलाडीको अर्धशतक र काभिसा दिलहरीको धमाकेदार ब्याटिङसँगै श्रीलंकाले उपाधि हासिल गर्न सफल भएको हाे । दिलहरीले १६ बलमा ३० रन जोडेपछि भारत खेलमा फर्किन सकेन ।

भारतीय बलिङमा दिप्ती शर्माले एक मात्र विकेट निकाल्न सफल भइन् । अरु कुनै बलरले विकेट लिन सकेनन् । भिसमी भने रनआउट भएकी थिइन् ।

ब्याटिङ तर्फ भने अर्धशतकीय पारी खेल्दै स्मृति मन्दनाले ६० रन जोड्न सफल भइन् । उनी दिलहरीको बलमा क्याच आउट भएकी थिइन् । रिचा घोषले ३०, चमम रौद्रिगसले २९, सफली वर्माले १६ र क्याप्टेन हमनप्रित कौरले ११ रन जोडे भने अरु खेलाडीले दोहोरो अंक समेत बनाउन सकेनन् ।

श्रीलंकन बलिङतर्फ दिलहरीले २ विकेट लिइन् भने उदेशिका प्रवोदनी, सचिनी निसान्साला, चमारी अथपत्थुले १-१ विकेट लिएका थिए । टस जितेर ब्याटिङ रोजेको भारतलाई १६५ रन राेक्दै श्रीलंकाले ६ विकेट लिएको थियो । खेलको प्लेयर अफ द म्याच श्रीलंकाकी हर्सिता बनिन् भने प्लेयर अफ दि सिरिज चमारी अथपथ्थु बनेकी छन् ।

भारत महिला एसिया कपको फाइनलमा नवौँ पटक पुगेको थियो । भारत आठौंपटक विजेता बन्न वञ्चित भएको छ । उपाधि यात्राको निरन्तरतालाई ब्रेक लगाउँदै आयोजक श्रीलंका घरेलु मैदानको फाइदा उठाउँदै उपाधि उचाल्न सफल भएको छ । श्रीलंकाले महिला एसिया कपको उपाधि पहिलोपटक जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Elementi sorprendenti nel gioco dazzardo con crazy time e puntate innovative per tutti

Elementi sorprendenti nel gioco dazzardo con crazy time e puntate innovative per tuttiIl fascino della ruota e i moltiplicatori ca...

বিনোদনপূর্ণ কৌশলগুলি যাচাই করুন crazy time, যা আপনার ভাগ্য পরিবর্তন করতে পারে

বিনোদনপূর্ণ কৌশলগুলি যাচাই করুন crazy time, যা আপনার ভাগ্য পরিবর্তন করতে পারেক্র্যাজি টাইমের পেছনের কৌশল এবং আকর্ষণগুণক এবং বাজির ...

Vibrant_connections_await_meet_new_people_near_me_for_lasting_friendships_and_ex

Vibrant connections await meet new people near me for lasting friendships and experiencesFinding Local Groups and ClubsDiving into...

Wonderful_spaces_from_concept_to_completion_with_inspiring_home_decor_ideas

Wonderful spaces from concept to completion with inspiring home decor ideasUnderstanding Color Psychology in Interior DesignLayeri...