साझा अक्षर

लागुऔषधसहित दमकका तीनजना युवा झापा गाउँपालिकाबाट पक्राउ

 

बिर्तामोड साउन१६।। लागुऔषधसहित दमकका तीनजना युवालाई झापा प्रहरीले सीमावर्ती झापा गाउँपालिकाबाट पक्राउ गरेको छ ।

झापा गाउँपालिका वडा नम्बर १ सालमारामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो ३ः१० बजे उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दमक-१२ बस्ने २६ वर्षीय मनिष थापा, २२ वर्षीय रिकास बस्नेत र १९ वर्षीय रोमित कटवाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

को. ३२ प ८९७४ नम्बरको मोटरसाइकललाई शंका लागेर जाँच गर्ने क्रममा थापाले प्रहरीलाई देख्नासाथ कालो प्लास्टिकको पोका भुइँमा फालेर भाग्न खोजेका थिए ।

उनीसँगै रहेका बस्नेत र कटवाललाई समेत नियन्त्रणमा लिई उक्त कालो प्लास्टिकको पोका खोलेर हेर्दा ३ ग्राम ४४० मिलिग्राम ब्राउनसुगर भेटिएको प्रहरीको भनाइ छ ।

मोटरसाइकलसहित तीनैजनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान कार्य जारी रहेको झापाका प्रहरी प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

  झापाको मेचीनगर–१३ चारआलीमा जारी प्रथम चाराली गोल्ड कप फुटबल प्रतियोगितामा जित निकाल्दै बगान युथ क्लब झापा फाइनल प्रवेश ग...
आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

चारआली, झापा । आयोजक चाराली युथ क्लब  जारी प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ...
प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...