Skip to main content

साझा अक्षर

लागुऔषधसहित दमकका तीनजना युवा झापा गाउँपालिकाबाट पक्राउ

 

बिर्तामोड साउन१६।। लागुऔषधसहित दमकका तीनजना युवालाई झापा प्रहरीले सीमावर्ती झापा गाउँपालिकाबाट पक्राउ गरेको छ ।

झापा गाउँपालिका वडा नम्बर १ सालमारामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो ३ः१० बजे उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दमक-१२ बस्ने २६ वर्षीय मनिष थापा, २२ वर्षीय रिकास बस्नेत र १९ वर्षीय रोमित कटवाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

को. ३२ प ८९७४ नम्बरको मोटरसाइकललाई शंका लागेर जाँच गर्ने क्रममा थापाले प्रहरीलाई देख्नासाथ कालो प्लास्टिकको पोका भुइँमा फालेर भाग्न खोजेका थिए ।

उनीसँगै रहेका बस्नेत र कटवाललाई समेत नियन्त्रणमा लिई उक्त कालो प्लास्टिकको पोका खोलेर हेर्दा ३ ग्राम ४४० मिलिग्राम ब्राउनसुगर भेटिएको प्रहरीको भनाइ छ ।

मोटरसाइकलसहित तीनैजनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान कार्य जारी रहेको झापाका प्रहरी प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

समाचार

छुटाउनुभयो कि ?

Strategic gameplay and thrilling rewards await at winbeatz casino for discerning players

Strategic gameplay and thrilling rewards await at winbeatz casino for discerning playersUnderstanding the Game Selection at Winbea...

Experiências únicas e 1win para um mundo de entretenimento digital completo

Experiências únicas e 1win para um mundo de entretenimento digital completoA Evolução das Plataformas de Entretenimento DigitalA I...

Finanční_trh_a_moderní_mostbet_platforma_pro_bezpečné_investice_online

Finanční trh a moderní mostbet platforma pro bezpečné investice onlineAnalýza finančních trhů a role moderních platforemDůležitost...

Efektywność inwestycji i platformazywnosciowa.com.pl – jak zoptymalizować wyniki w dynamicznym otoczeniu biznesowym

Efektywność inwestycji i platformazywnosciowa.com.pl – jak zoptymalizować wyniki w dynamicznym otoczeniu biznesowymAnaliza Danych ...