Skip to main content

साझा अक्षर

मानव बेचबिखन बिरुद्ध र सुरक्षित बैदेशिक रोजगार बारे कनकाईमा अभिमुखिकरण सम्पन्न……

झापा।१६ श्रावण। (सिएम शर्मा / चन्द्र बस्नेत)। ।१० औ विश्व मानव बेचबिखन विरुद्धको दिवसको अवसरमा झापाको कनकाई नगरपालिकामा सुरक्षित बैदेशिक रोजगार र मानव बेचबिखन बिरुद्ध अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ।

करितास नेपाल , कनकाई नगरपालिका र ईलाका प्रहरी कार्यलय सुरङ्गाको आयोजना तथा लायन्स क्लब अफ कनकाई सुरुङ्गा , सुरङ्गा जेसिज , रोटरी क्लब अफ सुरुङ्गा , प्रजापति सामुदायिक वन , कनकाई अटोचालक समूह र बिरिङ्ग माई अटो चालक समुहको सहकार्यमा मंगलबार दुर्गापुर स्थित सगुन रेस्ट्रोमा  कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सहजिकरण गर्दै ईलाका प्रहरी कार्यलय सुरुङ्गाका प्रहरी जवान योगेन्द्र राज निरौलाले मानव बेचबिखन कसरी हुन्छ ? मानव बेचबिखन के हो ? मानव बेचबिखनको विध्यमान अबस्था, उजुरि सम्बन्धि कानुनि ब्यवस्थाहरु , मानव बेचबिखनबाट बच्ने उपायहरु , समस्या तथा चुनौतीहरु , अनुसन्धानमा आउने ब्यवहारिक समस्याहरु , दण्ड सजाय सम्बन्धि कानुनि ब्यवस्था , क्षतिपूर्ति , मानव बेचबिखन रोक्न गरिएका उपाय र संरचनात्मक ब्यवस्था लगायतका बिषयमा प्रस्ट् पार्नुभएको थियो ।

तेस्तै सहजकर्ता फडेन्द्र दाहालले सुरक्षित बैदेशिक रोजगारबारे सहजिकरण गर्दै बैदेशिक रोजगारिमा जान चाहानेले ख्याल गर्नु पर्ने कुराहरु ,  बैदेशिक रोजगारको चरणहरु , चुनौतीहरु ,  बैदेशिक रोजगारको सकरातत्मक र नकारात्मक प्रभाव , बैदेशिक रोजगार संग सम्बन्धित देस बाहिर र देस भित्रका समस्याहरु , निर्णयको अबस्था , पुनर्स्थापना , कानुनी ब्यवस्था , लगायतका बिषयमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा सहभागी रुपनारायण खतिवडा , दिपेश रिमाल लगायतले राख्नुभएको जिज्ञासामा सहजकर्ता फडेन्द्र दाहालले सहजिकरण गर्नुभएको थियो ।

कारितास जापानको सहयोगमा विभिन्न क्षेत्रमाकाम गर्दै आएको कारितास नेपालले चार बर्ष अघिबाट कनकाई नगरपालिका संग सहकार्य गरेर यस अघि नगरका  २, ३, ४, ५ र ८ नं. बडामा यस किसिमका कार्यक्रम गरिसकिएको र अहिले १ महिना अघिबाट कनकाई १ र ९ नं. वडामा कार्यक्रम गर्दै आएको कारितास नेपालका बरिस्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले जानकारी दिनुभयो ।

कार्यक्रममा  प्रमुख अतिथि तथा कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले यस्ता बिषयमा सबै सचेत हुन आवाश्यक रहेको र सबैलाई सचेतना फैलाउने जिम्मेवारी हामी सबैको भएको बताउदै नगरको एकल प्रयास बाट मात्रै यो सम्भव नहुने हुदा सबैको सहभागीता र सहकार्य आवश्क रहेकोमा जोड दिदै  सबैको सहकार्य भए सम्भव हुने पनि जिकिर गर्नुभयो ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि , शैक्षिक व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो भने कनकाई नगरपालिकाको निमित्त प्रशासकिय अधिकृत जमुना कटुवाल , संघ संस्थाको तर्फबाट रोटरि क्लब अफ सुरुङ्गाका पुर्व अध्यक्ष सुशील श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

कनकाई नगरपालिका १ का वडा अध्यक्ष सुशील कुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत तथा औचित्यमाथी प्रकाश  कारितास नेपालका परियोजना अधिकृत हिमालय अधिकारीले गर्नु भएको थियोे भने कार्यक्रम सन्चालन कारितासका बरिस्ठ सामाजिक परिचालक  शिवाकोटीले गर्नुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...