साझा अक्षर

आफैँले चलाएको गोली लागेर सैनिक जवानको मृत्यु

 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा कार्यरत नेपाली सेनाका एक जवानको आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ ।

कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

धादिङ गल्छी गाउँपालिका–४ घर भई श्री गोरखगण कसरा चितवन दरबन्दी भई हाल नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी बाँदर झुला पोस्टमा कार्यरत रहेका मिजारले आज दिउँसो कोत घरमा रहेको ५ दशमलव ५६ एमएमको मिनी गनले आफैँले आफ्नो घाँटीमा गोली प्रहार गरेको पाइएको छ’, उनले भने।

घटनाबारे जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको र घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

  झापाको मेचीनगर–१३ चारआलीमा जारी प्रथम चाराली गोल्ड कप फुटबल प्रतियोगितामा जित निकाल्दै बगान युथ क्लब झापा फाइनल प्रवेश ग...
आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

चारआली, झापा । आयोजक चाराली युथ क्लब  जारी प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ...
प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...