साझा अक्षर

पूर्वी पहाडी जिल्लाहरुबाट आयात गरिएको कोबीमा विषादीको मात्रा उच्च

 

बिर्तामोड साउन २०।।  झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा आयात गरिएको फूलकोबी उपयोग गर्न अयोग्य पुष्टि भएको छ । उपयोग गर्न अयोग्य भएपछि फूलकोबीलाई खाल्डोमा पुरिएको छ ।

इलाम र पाँचथर को सीमावर्ती  बजारहरु बाट आयात गरिएको कोबीमा विषादीको मात्रा उच्च भएपछि कृषि प्रयोगशाला बिर्तामोड इकाईले नष्ट गरेको जनाएको छ । कोबीमा कार्वामेटको मात्रा ८.९९ र अर्गानो फस्फेटको मात्रा ९८.८५ प्रतिशत देखिएको प्रयोगशालाले जनाएको छ । उपयोग गर्न अयोग्य भएपछि ३० केजी कोबी पुरिएको जनाइएको छ ।

प्रयोगशालाका अनुसार ४५ प्रतिशतभन्दा माथि देखिएमा उपयोग गर्न सकिदैन । आज विहान प्रयोगशालाले कोल्बुङको गोलभेडा, इनरुवाको करेला, शान्तिनगरको बोडी, फिक्कलको हरियो खोर्सानी र इलामको अकवरे विषादी अवशेष परीक्षण गरिएको थियो ।

त्यसमध्ये अकबरेमा ३२.६९ प्रतिशत अर्गानो फस्फेट देखिएको छ । तर, प्रयोगशालाले ३५ प्रतिशतभन्दा कम मात्रा देखिएमा उपयोग योग्यका रुपमा परिभाषित गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...
चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

  झापा ।।  प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ। उद्घाटन खेलमा दार्जिलिङ एफसीले उत्कृष्ट प्रदर्शनका साथ...
प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगी डाँडा वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ। मिक्लाजुङ गाउँपालिका...