Skip to main content

साझा अक्षर

बाग्लुङमा पहिरोमा परी ६ बालबालिकासहित ८ जनाको मृत्यु

बागलुङ ।। सोमबार रातिदेखि परेको वर्षाले गएको पहिरोमा परी बागलुङको बडिगाडमा ६ बालबालिकासहित ८ जनाको ज्यान गएको छ ।

मंगलबार बिहान खसेको पहिरोमा बडिगाड गाउँपालिका-९ बलघाँसमा खसेको पहिरोले १५ वर्षीय विधान परियार र २४ वर्षीय गंगा बस्नेतको मृत्यु भएको मृत्यु भएको हो ।

घर पछाडि आएको पहिरो पन्छाउन गएका परियारलाई पहिरोले पुरेको हो । पहिरो पन्छाउने क्रममै उनको घटनास्थलमै मृत्यु भएको थियो भने बस्नेतको पहिरोमा पुरिएको अवस्थामा शव भेटिएको प्रहरीले बतायो ।

घटनास्थलमा उद्धार टोली पुगेर घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको छ । घटनाबारे थप बिवरण आउन बाँकी रहेको बताइएको छ ।

त्यस्तै वडा नं १० को आरुपाटा भन्ने स्थानमा खसेको पहिरोले स्थाानीय जोगलाल बुढाको घर र गोठ पुरिंदा ७ वर्षका जुम्ल्याहा मालती बुढा र मधु बुढा, १३ वर्षका मनोज बुढा र १२ वर्षका अमन बुढाको पनि मृत्यु भएको हो । सोही घरमा आएकी छिमेकी सञ्जु बिककी ६ वर्षीया छोरीको पनि मृत्यु भएको छ । सोही घटनामा ५९ वर्षीया मैतीदेवी बिकको पनि मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Finanční_trh_a_moderní_mostbet_platforma_pro_bezpečné_investice_online

Finanční trh a moderní mostbet platforma pro bezpečné investice onlineAnalýza finančních trhů a role moderních platforemDůležitost...

Efektywność inwestycji i platformazywnosciowa.com.pl – jak zoptymalizować wyniki w dynamicznym otoczeniu biznesowym

Efektywność inwestycji i platformazywnosciowa.com.pl – jak zoptymalizować wyniki w dynamicznym otoczeniu biznesowymAnaliza Danych ...

Essential guidance around aviator.org.in delivers potential for soaring rewards and calculated gameplay

Essential guidance around aviator.org.in delivers potential for soaring rewards and calculated gameplayUnderstanding the Core Mech...

Excellent properties and https://sobhaneapolis.gen.in delivering a comfortable lifestyle for modern families

Excellent properties and https://sobhaneapolis.gen.in delivering a comfortable lifestyle for modern familiesUnderstanding the Conc...